आज:
  • होमपेज / Breaking News

    पूर्वपश्चिम राजमार्गको बागमती पुलको स्पर भाँसिएपछि दुर्घटना जोखिम बढ्यो

  • वीरगंज संजाल
  • १५ माघ २०८१, मंगलवार ११:४८
  • १९४५

    वीरगंज | पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती पुलको एउटा स्पर भाँसिएपछि दुर्घटनाको जोखिम बढेको छ। दैनिक हजारौं सवारीसाधन गुड्ने यस पुलको पुरानो स्पर भाँसिएपछि स्थानीयहरूले तुरुन्त मर्मत गर्न आग्रह गरेका छन्।

    सर्लाहीबाट आउँदा पाँच नम्बर र रौतहटतर्फ जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्परहरू बीचको अन्तर बढेको छ, जसका कारण सवारी साधनका चालकहरूले उच्च सावधानी अपनाउनु पर्ने अवस्था आएको छ।

    पचास वर्षअघि तत्कालीन सोभियत संघ सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो पुल समयसँगै जीर्ण बन्दै गएको छ। सडक विभागले समय-समयमा मर्मत गरे पनि अहिलेको अवस्था गम्भीर रहेको जनाइएको छ।

    सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमारलाल कर्णले पुलको स्पर भाँसिएकोले सवारी साधन सञ्चालनमा सतर्कता अपनाउनुपर्ने र भारी सवारी एक पटकमा मात्र सञ्चालन गर्न ट्राफिक कार्यालयलाई निर्देशन दिएको जानकारी गराएका छन्।

    स्थानीय बासिन्दा गोपाल घिमिरेले पुलको भाँसिएको स्परको विषयमा सम्बन्धित निकायले तुरुन्त ध्यान दिनुपर्ने र समयमा मर्मत नगरे दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिएका छन्।

    सडक डिभिजन कार्यालयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई जानकारी गराइसकेको छ। साथै, रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई सवारी साधनको सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    यस पुलको समस्या समाधान गर्न समयमै मर्मतसम्भार नगरे दुर्घटनाले मानवीय र आर्थिक क्षति निम्त्याउन सक्ने भन्दै स्थानीयहरूले तुरुन्त पहल गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑