आज:
  • होमपेज / Breaking News

    हुस्सु र कुहिरोले तराई मधेशको जनजीवन प्रभावित

  • वीरगंज संजाल
  • १५ माघ २०८१, मंगलवार ११:०४
  • १०८५

    वीरगञ्ज । तराई मधेशका विभिन्न जिल्लामा हुस्सु र शीतलहरले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।

    महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।

    चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले बताए । चिसोबाट बालबालिका बढी प्रभावित भएका छन् ।

    चिसोका कारण बजारमा पनि चहलपहल घटेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताए । उनकाअनुसार न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ ।

    कठ्याङ्ग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारी साधन चलाउन पनि समस्या भएको सीमाराका सवारीचालक प्रदीप श्रेष्ठले बताए ।

    जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ । नारायणी अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहले चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको हुँदा स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिएका छन् ।

    हुस्सुका कारण सिमरा विमानस्थलको उडान समेत प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑