पर्सा । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सोमबार दिउँसो सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “फेरि भेटौँला (बिदाई)” कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल प्रमुख अतिथि रहेको कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष जयजयप्रकाश खेतानको अध्यक्षता रहेको थियो।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगपति, सुरक्षानिकायका पदाधिकारी, जनप्रतिनिधि तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक कुमोध ढुंगेलले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्दै आगामी दिनमा पनि सामुदायिक सहयोगलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको विषयमा जानकारी दिँदै जयजयप्रकाश खेतानले सामुदायिक प्रहरी साझेदारीको माध्यमबाट स्थानीय समुदाय र प्रहरीबीच सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताउनुभयो।
कार्यक्रममा सुरेश कुमार रुङटा, दिपक लामिछाने, महेश सिंह धामी, मुरली जलान, संजय शर्मा, सुस्मिता यादव, सन्तोष रञ्जितकर, राकेश अग्रवाल, चन्द्र अग्रवाल, त्रिलोकचन्द दारुका, रतन टेमानी, बसन्त प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो। सुरक्षाकर्मीहरूबाट रंजन घिमिरे, प्रेमराम, अजिता घिमिरे र असली यादवको सहभागिता उल्लेखनीय थियो।
कार्यक्रम बिदाई भावका साथ सफलतापूर्वक सम्पन्न भएको प्रकाश खेतानले जनाएका छन्।