आज:
  • होमपेज / Breaking News

    नेपालमा ट्रम्प निर्णयको असर : अमेरिकी सहयोगका यूएसएडको सम्पूर्ण कार्यक्रम रोकिने

  • वीरगंज संजाल
  • १४ माघ २०८१, सोमबार ११:१७
  • ८०५

    वीरगंज | अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसंगै अन्तर्राष्ट्रियस्तरमा नयाँ ढंगले सम्बन्ध बनाउने क्रममा विभिन्न निर्णय गरेपछि नेपालमा पनि सोको असर पर्ने भएको छ ।

    अमेरिकी जनताको सहयोगमा विभिन्न अनुदान तथा विभिन्न निकायमार्फत नेपालमा अर्बौ रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय गैरसकारी संस्थामार्फत गैरसरकारी संस्थाले करोडौँ रुपैयाँको बजेट कार्यक्रम संचालन गरिरहेको छ । तर अब नेपालमा राष्ट्रपति ट्रम्पले निर्णय गरेसंगै अमेरिकी सहयोगका यूएसएडको सम्पूर्ण कार्यक्रम रोक्न यूएसएडले पत्राचार गरेको छ ।

    अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता एजेन्सी यूएसएडले नेपालका सबै साझेदार संघसंस्था तथा कम्पनीहरुलाई हाल चलिरहेका कार्यक्रमहरु रोक्न पत्राचार गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेलगत्तै नेपाललाई पनि यसको बारेमा यूएसएडमार्फत सबै कार्यक्रम रोक्न पत्राचार गरिएको छ ।

    अमेरिकी सरकारअन्तर्गतका परियोजनासँग मिलेर काम गरिरहेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई आइतबार नै यसबारे जानकारी गराइएको छ । ट्रम्प ह्वाइट हाउस फर्केलगत्तै वैदेशिक विकास अनुदान तत्काल स्थगन गर्ने निर्णय भएको र ९० दिनको समीक्षापछि निक्र्योल गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो ।

    अमेरिकी सहयता नियोगसँग जोडिएका कार्यान्वयन साझेदारहरुलाई अनुदान, ऋण र अन्य सहयोगका सबै कार्यक्रम रोक्न पत्राचार गरिएको कार्यालयले जनाएको छ । नेपालमा करिब ४०० वटा गैरसरकारी संघसंस्था र कम्पनीसँग यूएसएड र त्यसअन्तर्गतका एसिया फाउन्डेशन, एचकेआई इन्टरनेशनललगायतका संस्था र कम्पनीहरुले साझेदारीमा काम गरिरहेका छन् ।

    ती सबै संस्थालाई पनि तत्कालका लागि सबै कार्यक्रम रोक्न इमेल आएको गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले भने, ‘हामीलाई पनि एउटा इमेल आएको छ । ३ महिनासम्म उनीहरुको सहयोगमा चलेका परियोजनामा स्टाफको तलबबाहेक अरु सबै गतिविधि रोक्न भनिएको छ ।

    यसबीचमा कार्यक्रम तथा बैठक र तालिमहरुका लागि ट्राभल तथा होटल बुकिङहरु जे जे गरिएको छ, त्यो पनि रोकिएको छ । उनीहरुले ३ महिनासम्म यसको रिभ्युपछि अब के गर्ने भन्ने जानकारी आउँछ भनेका छन् ।’ यूएसएड र अमेरिकी सरकारको फन्डमार्फत भइरहेका कार्यक्रमहरु कुनै पनि अहिले नचलाउने भन्ने अमेरिकी निर्णय सरकारलाई समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

    अमेरिकी अनुदानका आधारमा नेपाल सहायता पाउने मुलुकमा १६ औं स्थानमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँच वर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान प्राप्त हुने उल्लेख गरिएको छ ।

    यूएसएड अन्तर्गतको विभिन्न कार्यक्रम जनकपुरधामसंगै मधेश प्रदेशमा पनि सरकारी निकायदेखि विभिन्न गैरसरकारीलाई पनि बजेट कार्यक्रम दिएको छ । अमेरिकी जनताको सहयोगमा आउने गरेका विभिन्न रकम तथा अनुदान अर्थ मन्त्रालयबाट आउन थालेपछि व्यापक रुपमा अनियमितता हुने गरेको कतिपयको भनाइ छ । यसको लेखाजोखा मन्त्रालय र अन्तर्राष्ट्रिय गैसस तथा गैससबीचको समन्वयमा भए पनि यसको आन्तरिक कुराहरु लिखित रुपमै सीमित हुने भएकाले व्यापक अनियमितताका आशंकाहरु पनि यससंगै उब्जिएको एक गैरसरकारी संस्थाका प्रतिनिधिले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑