आज:
  • होमपेज / Breaking News

    मधेश प्रदेशमा बनेका विभिन्न कानुनहरुको कार्यान्वयन पक्ष फितलो

  • वीरगंज संजाल
  • १४ माघ २०८१, सोमबार ११:१२
  • ७४९

    वीरगञ्ज । मधेश प्रदेशमा बनेका विभिन्न कानुनहरुको कार्यान्वयन पक्ष फितलो देखिएको छ । मधेश प्रदेशसभाबाट अहिलेसम्म ६४ वटा कानुनहरु निर्माण भए पनि प्रायः कानुनहरुको कार्यान्वयनका लागि प्रदेश सरकारले सरोकारवालहरुसंग सहकार्य समन्वय र सहजीकरण नगर्दा फितलो भएको जनाइएको छ ।

    पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले मधेश प्रदेशसभाबाट निर्माणको भएका कानुनहरु कार्यान्वयन गराउने निकायले कानुनको किताब नै उपलब्ध गराउन नसक्दा कार्यान्वयन फितलो देखिएको बताए । प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता, कानुन परामर्शदाता, र अदालत तथा कानुनका किताबहरुसमेत यत्रतत्र नपाउँदा निर्माण गरिएका कानुनको कार्यान्वयन नहुँदा अन्योलता देखिएको उनको भनाइ छ ।

    विभिन्न क्षेत्रका विज्ञहरु र सम्बद्ध निकायका अधिकारीहरुले यस अवस्थाको मुख्य कारण छलफल र अन्तरक्रियाको अभाव रहेको पनि सरोकारवालाहरु बताउँछन् । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कानुन निर्माण भए पनि सोको प्रभावकारी कार्यान्वयन नहुनु चिन्ताको विषय भएको स्वीकारे । उनले कानुनको प्रभावकारी कार्यान्वयनका लागि नियमित छलफल र अन्तरक्रिया आवश्यक रहेकोमा जोड दिए ।

    मन्त्री लेखीले कानूनहरु बनाइएपछि तिनको विस्तृत कार्यान्वयन योजना र जनसम्पर्क अभावमा धेरै कानुनहरु कागजमा मात्र सिमित भएका छन् । प्रदेशसभा सदस्य संजय यादवले कानुन निर्माणकै क्रममा केही त्रुटिहरु भएको स्वीकार गर्दै संघीयतालाई समर्थन गर्नेहरुले मात्र प्रदेशका कानुनहरुलाई पालना गर्ने र अन्यले अनदेखा गर्ने प्रवृत्ति रहेको बताए । उनले कानून कार्यान्वयनका प्रमुख निकायहरुले गम्भीरता देखाउनु आवश्यक रहेको बताए ।

    प्रभावकारी कानुन कार्यान्वयनका लागि जनप्रतिनिधि र सरकारी अधिकारीहरुको स्पष्ट सोच र इच्छाशक्ति महत्वपूर्ण हुन्छ । मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाबाट पूर्ण रूपमा अलग हुन नसकेको र संघीयताको सफल कार्यान्वयनमा समस्या आइरहेको बताए । उनले मधेश आन्दोलनको परिणामस्वरूप संघीयता आएको उल्लेख गर्दै प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न संघीय सरकारले पर्याप्त सहयोग नगरेको आरोप लगाए । उनले संघीय सरकारले नियतवश प्रदेश सरकारलाई आवश्यक अधिकार हस्तान्तरण नगरेको र यसले प्रदेशको कार्यान्वयन क्षमता कमजोर बनाएको बताए ।

    प्रदेशका सरोकारवालाहरुले संघीयताका मर्म र उद्देश्य अनुरुप मधेश प्रदेशका कानुनहरु कार्यान्वयन गर्न संघीय सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका साथै प्रदेशस्तरीय संस्थाहरुबीच राम्रो तालमेल, निरन्तर अन्तरक्रिया र कार्यान्वयनको स्पष्ट मार्गचित्र निर्माणले मात्र कानुनहरुको सफल कार्यान्वयन हुनसक्ने धारणा व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑