• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाईयो : प्रभु साह

  • वीरगंज संजाल
  • १२ माघ २०८१, शनिबार १७:४२
  • ९७७

    चितवन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सवै मोर्चामा असफल भईसकेकाले यसको बिकल्प खोज्ने बेला आएको बताएका छन् । प्रधानमन्त्री ओलीको बोली, व्यवहार र काम मुलुकलाई अध्याँरोतर्फ धकेलिनेखालको भएको टिप्पणी उनले गरे ।

    चितवनको भरतपुरमा आज आजपा निकटको आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सुशासन कायम गर्न र आर्थिक सुधार गर्ने सवालमा सर्वाधिक असफल भएको ओली सरकारको बिकल्प खोज्नमा ढिलाई गर्न नहुने बताए ।

    ‘संविधान र संसद्ले नचिन्ने राजनीतिक संयन्त्रको आतंक बन्द गर्नुहोस् । दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाइएको छ । आवरणमा संविधान संशोधन भनियो, तर व्यवहारमा संविधानको चीरहरण गरियो,’ आजपा अध्यक्ष साहले भने, ‘ओली सरकारले अध्यादेश अघि अघि अनि संसद् पछि पछि बोलाउँने काम गर्दै राज्यको ढुकुटी लुटने काम गरिरहेको छ । बिचौलियाको सेटिङमा बनेको सरकार बिचौलियाकै लागि काम गरिरहेको छ ।’

    वर्तमान सरकार नेपाली जनताको लागि ट्युमर पलाएकोजस्तो भएको टिप्पणी गर्दै उनले यसको बिकल्प नेपाली जनताले खोजिरहेको बताए । विदेश सम्बन्ध धुमिल बनेको छ । बीआरआई फ्रेमवर्क सम्झौता ऋणको पासो त होईन भन्ने बहस छेडिएको उनले बताए ।

    ‘विपीको सिद्धान्त बोकेको नेपाली कांग्रेस र मदन भण्डारीको लिगेसी भएकाहरु किन केपी ओलीको सती जान लागेको हुन् ? आश्चर्य लागेको छ । चीन खुशी पार्ने बहानामा भारत र अमेरिका चिढ्याउने काम नहोस, नत्र चीन भ्रमणमा ताईवानको विषयमा किन बोलियो ?’ साहले भने ।

    बिचौलियाको सेटिङमा बनेको वर्तमान सरकार अप्राकृतिक, अलोकतान्त्रिक र सिद्धान्त विपरित भएको उनले बताए । ‘यो सरकारको जन्म नै अप्राकृतिक, अलोकतान्त्रिक छ । विश्वभरि यतिवेला प्राकृतिक हावा चलेको छ । नेपालमा मात्रै अप्राकृतिक हावा बहन कसरी सम्भव छ ? सरकारको जन्म नै विचौलियाको घरमा भएपछि यसले ती अभिजात विचौलिया र भ्रष्टहरुको सेवा गर्छ भन्नेमा हामी जानकार थियौं । तर, यो देशका सचेत नागरिकले अबपनि देशको अवस्था अनि कांग्रेस र एमालेको लुट हेरेरमात्रै बस्ने हो त ? कि सचेत विद्रोहको लागि तयार हुने ?’ उनले भने ।

    दलतन्त्रको पहिलो सिकार नेपाली निमुखा जनता भएको बताउदै उनले दुई दलीय शासनको दिवालीयाले शंकर पोखरेल र गगन थापाहरु हौसिएको टिप्पणी गरे । यिनीहरु अहिले कहिल्यै नभएको विकास एक महिनामा गर्ने भनेर अध्यादेशको धमाश अनि शासनको धक्कु लगाउन थालेको उनले बताए ।

    उनले यी पात्रसँग जोडिएका विज्ञहरुको अनुहार हेर्न जरुरी रहेको बताउदै यिनीहरु जननिर्वाचित थलो संसद्लाई छलेर साँढे बनेर चल्न थालेको बताए ।

    ‘अब यिनीहरुलाई सडकमा फाल्न जरुरी छ । आफ्ना भ्रष्टहरुलाई जोगाएर सरकार गन्हाइसकेको छ । यसले लुटतन्त्रको सेल्रिवेशन गरिरहेको छ । यो सरकार भगौडा दलाल र भूमाफियाको सेवामा हाजिर छ । त्यसको प्रभाव हालै आएका अध्यादेशको अनुहार र अन्तर्य हेर्दा थाहा हुन्छ । ती स्वार्थ बाझिएर आएका अध्यादेश सुरुमा कसले स्वागत गरे ?,’ आजपा अध्यक्ष साहले भने, ‘खुलमखुला बालुवाटारमा भूमाफियाहरुले भूमिसम्बन्धी अध्यादेशको स्वागत गरेका छन् । देशमा रोजगारी सिर्जना गर्न कुनै योगदान नदिने उल्टै नेपाली जनतालाई लुटेर पैसा रातारात विदेश पुर्याउनेहरुले नै अध्यादेश शासनको धुँवादार वकालात गरेका छन् । कांग्रेस र एमालेको अन्तिम लुटको भोजन खानेहरुलाई मुख मिठो भएको होला । तर, गरिखाने जनतालाई अहिलेको शासन र सत्ता नमिठो लाग्न थालिसकेको छ ।’

    उनले आजपाले तेस्रो जनआन्दोलनको उदघोष र ऐलान गरिसकेको बताउदै देश पछि फर्काउने नभई अगाडी बढाउने बताए । ‘यसअघिका आन्दोलनले नेता मोटाए, पार्टीहरु सुन्निएर अर्वपति बने । तर, निमुखा जनता जहाँको त्यहीँ रहन बाध्य छन् । हजारौं युवाहरुलाई खाडीमा बेचिएको छ, देश रित्तियो,’ साहले भने, ‘यहाँका उच्चपदस्थहरुले पनि लुटेर सम्पत्ति विदेश पुर्याउने काम गरेका छन् । यो देवता र मानवताको भूमिमा ठूलो अन्याय र अत्याचार भएको छ । कर आतंक उस्तै छ । पाइला पाइलामा भ्रष्टाचार छ । बेथित छ, विसंगति छ । हामीले हामी जन्मिनुको श्रेष्ठता देखाउने बेला आयो । अब निर्णायक विद्रोहको विगुल फुकौं । आफू मालिक बन्ने शासन ल्याउनको लागि जनताले एकपटक निर्णायक आन्दोलन गर्ने बेला आएको छ । आजपाले लड्यौं पटक पटक अब लडौं आफ्‌नै लागि एकपटक भनेको छ ।’

    प्रदीप कुमार साह अध्यक्षतामा ५३ सदस्यीय भरतपुर महा नगर कमिटी निर्माण गरिएको छ। साथै चितवन जिल्लामा नितेश साहको अध्यक्षतामा १११ जिल्ला कमिटी निर्माण गरिएको आईटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डेले बताए ।आईटी आर्मीका जिल्ला अध्यक्ष नितेश साहको अध्यक्षतामा भएको भेलामा आजपाका महा सचिव त्रिभुवन साह , आईटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डे, नेताहरु उमेश कुशवाहा , विजय यादव निर्विज लगायतको विशेष सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑