• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जलाई आर्थिक राजधानी बनाउन दबाब दिन आजपाको पत्रकार सम्मेलन

  • वीरगंज संजाल
  • ११ माघ २०८१, शुक्रबार १५:२३
  • ८६१

    वीरगञ्ज । आम जनता पार्टीका नेताहरुले वीरगञ्जको घण्टाघरमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन गर्दै आजपाका नेताहरुले वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित मन्त्री यादवमाथि आक्रोश पोखेका छन् ।

    आम जनता पार्टी पर्सा जिल्ला उपाध्यक्ष सन्ध्या पासवानले मन्त्री यादवले वीरगञ्जको विकासका लागि केही गर्न नसकेको टिप्पणी गरिन् । यहाँका युवा र जनता जागिसकेको बताउँदै उनले खबरदारी गर्नुपर्नेमा जोड दिइन् ।

    आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले पनि मन्त्री यादवप्रति आक्रोश पोखे । उनले भने, ‘वीरगञ्जबासीले विकासको नाममा केही पाएका छैनन् । यहाँका नेताहरुले वीरगञ्जको विकास भन्दा पनि आफ्नो विकासमा केन्द्रित भए । यहाँका नेताहरु असक्षम र असफल भएका छन् ।’ मधेश आन्दोलनमा जनतालाई दिइएका आशाहरु कता गए भन्दै उनले प्रश्न गरे । वीरगञ्जलाई आर्थिक राजधानी बनाउनका लागि दबाब दिने अभिप्रायले आम जनता पार्टीले अभियान थालेको पनि उनले स्पष्ट पारे ।

    प्रदीप यादवले स्वास्थ्य मन्त्री हुँदा नारायणी अस्पताललाई मेडिकल कलेज किन बनाउन सक्नुभएन ? भन्दै आजपा मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहले प्रश्न गरे । प्रदेश अध्यक्ष कुशवाहकाअनुसार मन्त्री यादव पटकपटक मन्त्री बन्दा पनि पर्साबासीले केही पाउन नसक्नु दुखद हो ।

    पत्रकार सम्मेलनमा उनले भने, ‘वन मन्त्री हुँदा चिडिया खाना शिलान्यास गरेर छोडियो, कहिले सञ्चालन हुन्छ ? पटकपटक मन्त्री भएर पनि केही गर्न सक्नुभएन । ठाकुरराम बहुमुखी क्याम्पस पनि जिर्ण छ, चिनी मिल सञ्चालन हुन सक्दैन । वीरगञ्ज आर्थिक राजधानी बन्न सकेन ।’ अब जनतालाई झुक्याउने कार्य छोड्न आग्रह गर्दै उनले वीरगञ्जको विकासका लागि काम गर्नु अनुरोध गरे ।

    आम जनता पार्टीले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने र वीरगञ्जको विकास गर्ने एजेण्डाको साथमा थालेको आन्दोलनलाई साथ अध्यक्ष कुशवाहले अनुरोध गरेका छन् । वीरगञ्जलाई आर्थिक राजधानी घोषणा नगरेसम्म विभिन्न माध्यमबाट दबाब सृजना गरीरहने पनि उनले बताए ।

    यता मन्त्री यादवले भने बाटोमा ४/५ जनालाई जम्मा गरेर आफुले गरेको कामको बारेमा थाहा नहुने प्रतिक्रिया दिएका छन् । उनले आफुले गरेका कामको बारेमा खोजी गर्न र वीरगञ्जका जनतासँग सोध्न पनि अनुरोध गरे । पछिल्लो समय प्रभु साह नेतृत्वको आम जनता पार्टी अराजक बन्दै गएको बताउँदै उनले अरुको क्षेत्रको चिन्ता भन्दा पनि आफ्नो क्षेत्रमा विकास निर्माणमा केन्द्रित हुन पनि सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑