वीरगञ्ज । नेपाली बजारमा आज शुक्रवार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रवार प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो ।