आज:
  • होमपेज / Breaking News

    पर्सामा कक्षा ११ र १२ का छात्रछात्रालाई विद्यालय पोसाक वितरण

  • वीरगंज संजाल
  • १० माघ २०८१, बिहीबार ०८:४९
  • १४८१

    पर्सा | माघ राजन कुमार बानिया | पर्साको छिपहरमाई गाउँपालिकाले आज एक विशेष कार्यक्रमका बीच कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरूलाई विद्यालय पोसाक वितरण गरेको छ।

    श्री मंगल माध्यमिक विद्यालय, भिस्वा र श्री नवगावा माध्यमिक विद्यालय, चारगाहामा अध्ययनरत २ सय छात्रछात्राहरूलाई कोट, पाइन्ट, र सर्ट वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पोसाक वितरण गर्दै छात्रछात्राहरूलाई सम्मान व्यक्त गरे।

    अध्यक्ष गुप्ताले भने, “अब तपाईहरूको विद्यार्थी जीवनको महत्वपूर्ण समय सुरु भएको छ। उच्च शिक्षा हासिल गर्ने वा जीवनका विभिन्न चुनौतीहरूको सामना गर्ने यो अवसरलाई सदुपयोग गर्नुपर्छ। यसैले, स्थानीय तहबाट सम्मानस्वरूप पोसाक वितरण गरिएको हो।” साथै, उनले आगामी दिनमा विद्यालय र विद्यार्थीहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    गुप्ताले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको चर्चा गर्दै नेपाल सरकारले शिक्षा ऐन नबनाएको कारण स्थानीय तहमा शिक्षक व्यवस्थापनमा समस्या भएको बताए। उनले राजनीतिक प्रभाव र मुद्दा मामिलाका कारण शिक्षामा अवरोध सिर्जना भइरहेकोमा चिन्ता व्यक्त गरे।

    कार्यक्रमका विशेष सहभागीहरू
    श्री मंगल मावि भिस्वामा आयोजित कार्यक्रममा वडा अध्यक्ष मौजिलाल साहको अध्यक्षतामा पोसाक वितरण भएको थियो भने श्री नवगावा मावि चारगाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पहलाद गुप्ताको अध्यक्षतामा वितरण गरिएको थियो।

    कार्यक्रममा वडाअध्यक्ष महेन्द्र साह कालवार, शिक्षा प्रमुख सत्रुधन यादव, कार्यपालिका सदस्य बलिस्टर साह, प्रअ दिनेश पटेल, प्रअ गगनदेव यादव, शिक्षक मनोज पटेलसहित शिक्षक, अभिभावक, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

    विद्यालयका शिक्षक मनोज पटेलका अनुसार आज १२ कक्षामा अध्ययनरत छात्रछात्रालाई पोसाक वितरण गरिएको छ भने कक्षा ११ र १२ मा अध्ययनरत २ सय विद्यार्थीहरूलाई वितरण गरिने कार्यक्रम रहेको छ।

    कार्यक्रमले विद्यालय शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले गाउँपालिकाको यो पहलको सराहना गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑