आज:
  • होमपेज / Breaking News

    रौतहटमा भारतीय नागरिक पेस्तोलसहित पक्राउ

  • वीरगंज संजाल
  • ७ माघ २०८१, सोमबार १०:५७
  • २०२९

    वीरगंज | ईशनाथ नगरपालिका-४ लतमरीबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार राति सशस्त्र प्रहरीको टोलीले शङ्कास्पद गतिविधिका आधारमा उनीमाथि नियन्त्रण लिएको हो।

    पक्राउ पर्नेमा भारत बिहार राज्यका पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चायत-९ निवासी २६ वर्षीय धनञ्जयकुमार झा रहेका छन्। सशस्त्र प्रहरी बल नम्बर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईँका अनुसार झाको साथबाट एक थान अटोमेटिक पेस्तोल, म्याग्जिन र ७.६७ मि.मि.का चार राउण्ड गोली बरामद गरिएको छ। साथै, घटनास्थलबाट बीआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

    तीनजना व्यक्तिले होटेलमा खाजा खाइरहेको र गतिविधि शङ्कास्पद देखिएको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली मठियाबाट खटिएको थियो। टोली पुग्दा दुईजना फरार भए भने झालाई हतियारसहित नियन्त्रणमा लिइएको एसपी हुमागाईँले बताए।

    पक्राउ परेकामाथि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरीले पक्राउ गर्ने क्रममा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानीपूर्वक अभियान सञ्चालन गरेको थियो। घटनास्थलमा भेटिएको मोटरसाइकल र बरामद हतियारले झा कुनै आपराधिक गतिविधिमा संलग्न रहेको शङ्का गरिएको छ।

    स्थानीयवासीका अनुसार, नेपाल-भारत सीमा क्षेत्र वरपर यस्ता गतिविधि पहिले पनि देखिएका थिए। तर, सशस्त्र प्रहरीको चनाखो भूमिका र सतर्कताका कारण यसपटक ठूला आपराधिक गतिविधि रोक्न सफल भएको बताइएको छ।

    पक्राउ परेका झाको पृष्ठभूमि र उनको नेपालमा प्रवेशको उद्देश्यबारे नेपाल प्रहरीद्वारा थप अनुसन्धान अगाडि बढाइने जनाइएको छ। यस घटनाले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापप्रति सुरक्षा निकायलाई अझ चनाखो हुन प्रेरणा दिएको छ।

    सुरक्षा सतर्कता बलियो बनाउन सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्ती र निगरानी बढाउने योजना समेत अघि सारेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑