आज:
  • होमपेज / Breaking News

    ओली सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने प्रभु साहको चेतावनी

  • वीरगंज संजाल
  • ६ माघ २०८१, आईतवार १०:५६
  • ९५७

    वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र असक्षम भएको टिप्पणी गरेका छन् । आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने उनले सुझाव दिए ।

    आजपा निकटको आम विद्यार्थी मोर्चाको काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो असफल भईसकेको सरकार मुलुक र नागरिकलाई आवश्यक नभएको बताए ।

    ‘यो (ओली नेतृत्वको सरकार) पूर्णरुपमा असफल र असक्षम भएको प्रमाणित भइसक्यो । आफ्नो प्रतिबद्धता आफैं कार्यान्वयन गर्न नसक्ने सरकार मुलुक र नागरिकलाई आवशयक छैन,’ आजपा अध्यक्ष साहले भने, ‘संविधान संशोधन गर्ने भनेकाहरुले अहिले आएर २०८७ मा संशोधन गर्ने भन्दैछन् । सुशासनमा शून्य छ, विकास निर्माण ठप्प छ । स्थिरता हुने भनेकाहरुले दिनदिनै सरकार ढल्दैन्, सरकार रहिरहन्छ भन्छ, आफैलाई आफ्नै सरकारमाथि विश्वास छैन ।’

    उनले नेपाली विद्यार्थीहरु कमजोर नभएको भन्दै बंगलादेश भन्दा सक्षम र विवेकशील भएको बताउदै असफल भएका सरकारको विरुद्धमा विद्यार्थीहरु सडकमा आउन खोजेको बताए । यो असफल र असक्षम सरकारलाई बंगलादेश जस्तै विद्यार्थीहरुले फाल्ने चेतावनी साहले दिए ।

    आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको बैठकमा आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषणा साह, सचिव उमेश कुशवाहा, आम महिला मोर्चाका कोषाध्यक्ष मिना देवी साहलगायतको सहभागिता रहेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।

    बैठकले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन तथा शिक्षा क्षेत्रका सिण्डिकेट, विभेद र ब्रह्मलुटविरुद्ध जारी संघर्षलाई थप व्यवस्थित एवं निर्णायक बनाउने निर्णय भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।

    विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको माग गर्दै आन्दोलन गर्दै आएको छ । यस्तै ४५ प्रतिशत विद्यार्थीलाई यातायातमा छुट दिने व्यवस्था काठमाडौं उपत्यकामा मात्रै सिमित रहेकोमा त्यसलाई देशैभरी कार्यान्वयन गर्नुपर्ने, शिक्षा क्षेत्रमा देखिएको विभेद, सिण्डीकेट, लुटका बिरुद्धमा आम विधार्थी मोर्चाले संघर्ष गर्दै आएको विद्यार्थी मोर्चाका अध्यक्ष साहले जनाएका छन् ।

    मधेशमा एउटा कक्षाकोठामा १०० जना बसेर पढेको कमजोर विद्यार्थी र पहाडमा २० जनाको कक्षाकोठामा पढेर होसियार विद्यार्थीलाई एउटै जाँच गरी जागिर दिने लोकसेवा आयोग कतिको जायज छ भन्दै साहले प्रश्न गरे । उनले यस्तै विभेदकारी र अनैतिक प्रावधानका विरुद्धमा विद्यार्थी मोर्चाले निरन्तर संघर्ष जारी राख्ने निष्कर्षमा पुगेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑