आज:
  • होमपेज / Breaking News

    शैक्षिक सहिद मुकुन्द खनाल स्मृति दिवसमा विशेष कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ४ माघ २०८१, शुक्रबार १४:०३
  • १७३३

    वीरगंज | वीरगञ्जमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको १७ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साको आयोजनामा शुक्रबार मानवसेवा आश्रमका ५० जना आमाबुवा र बालबालिकालाई बिहानको खाना सप्रेम खुवाइएको थियो।

    कार्यक्रमको उद्घाटन प्रतिष्ठानका अध्यक्ष मुना खनालले स्वर्गीय मुकुन्द प्रसाद खनालको तस्वीरमा फूलमाला अर्पण र दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा खनालको शिक्षा र सामाजिक सेवामा पुर्‍याएको योगदानको सम्झना गर्दै उहाँले ठाकुरराम क्याम्पसमा गरेका कार्यको उच्च कदर गरिएको थियो।

    समारोहमा प्रमुख अतिथि वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायले शैक्षिक सहिद मुकुन्द खनालको समाज सेवामा दिएको योगदानको प्रशंसा गर्नुभयो। अन्य विशिष्ट अतिथिहरूमा मानवसेवा आश्रमका प्रतिनिधि प्रकाश थारु र मुना मगर, ज्ञानदा एकेडेमिकाका प्रधानाध्यापक राजेन्द्र कोइराला, र प्रतिष्ठानका सचिव लाल बाबु सिंहलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

    समारोहको विशेष क्षणमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाललाई दोसल्ला ओढाएर सम्मान गरियो। उक्त सम्मानले पत्रकारितामा उहाँको योगदानलाई उच्च सम्मान गरिएको आयोजकले जनाएको छ।

    अध्यक्ष मुना खनालले मानवसेवा आश्रममा गरिएको सहयोगले आफूलाई प्रेरणा दिएको बताउँदै स्वर्गीय मुकुन्द खनालको सपना साकार पार्न थप सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतिष्ठानले शिक्षा र समाजसेवामा प्रभावकारी योगदान दिन निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमका क्रममा स्वागत मन्तव्य र सहजीकरण प्रतिष्ठानका सचिव लाल बाबु सिंहले गर्नुभएको थियो। सहभागी अतिथिहरूले समाजसेवाको क्षेत्रमा प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सक्रियता र योगदानको अपेक्षा गरेका थिए।

    कार्यक्रम शैक्षिक सहिदको सम्झनामा समाजसेवा र सहकार्यको महत्वलाई उजागर गर्न केन्द्रित रहेको थियो। समारोहले समुदायलाई सामाजिक सेवामा संलग्न हुन प्रेरित गरेको आयोजकको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑