बिरगंज | बिरगंज महानगरपालिका वडा नं. ०९ का वडा अध्यक्ष श्री जवाहिर प्रसाद गुप्ताको पहलमा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको छ।
यस कार्यक्रमको प्रमुख अतिथि उप–प्रमुख श्री इम्तियाज आलम रहेका थिए। उहाँले समाजका विशेष आवश्यकता भएका वर्गहरूको हितमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो। वडा अध्यक्ष गुप्ताले यो कार्यक्रम समाजसेवाको एक सानो प्रयास भएको भन्दै, यस्ता सहयोग कार्यहरू आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडाभित्रका विभिन्न टोलबाट आएका लाभग्राहीहरूले यस सहयोगका लागि वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रममा समाजसेवी, स्थानीय जनप्रतिनिधि तथा वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अत्यन्त सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।
यो पहलले वडा नं. ०९ मा सामुदायिक सद्भाव र समानताको सन्देश प्रवाह गरेको छ।