वीरगंज |बाराको फोनिज चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। रेडियो पातालगंगाका सञ्चालक धिरेन्द्र पनुहरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
कार्यसमितिमा उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा इन्द्रिरा चौधरी, सचिवमा जितेन्द्र चौधरी, सहसचिवमा बसन्त लामा, र कोषाध्यक्षमा बिनिता चौधरी निर्वाचित भएका छन्। सदस्यहरूमामा उमेश घलान, मुकेश चौधरी, र राजकुमार लामा चयन भएका छन्।
फोनिजका जिल्ला अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले पत्रकारहरूले भोगिरहेका चुनौतीहरूबारे धारणा राखे। उनले अभिव्यक्ति स्वतन्त्रता र श्रम ऐन कार्यान्वयनका विषय पत्रकारहरूको प्रमुख समस्या भएको बताए।
अधिवेशनमा मधेस प्रदेश अध्यक्ष दुसयान्त चौधरी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, पर्यटन पत्रकार संघका पवन यादव, प्रेस सेन्टरका रमेश साह, भोजपुरी टाइम्स दैनिकका प्रभु यादव, र कोल्हवी न्यूजका आशेष ढुगनालगायतले सम्बोधन गरे।
सत्रमा सहभागी वक्ताहरूले पत्रकारहरूको हकहित र पेशागत अधिकारको संरक्षणका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए। अधिवेशनले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।