वीरगंज | माघे सङ्क्रान्तिको दिन बाराको गढीमाइ मेला १० लाखले अवलोकन गरे
वीरगंज। बलिको लागि विश्व प्रसिद्ध बाराको गढीमाई मन्दिरमा माघे सङ्क्रान्तिको विशेष अवसरमा मंगलबार मेला लागेको थियो । मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिए ।
यस वर्ष गत मङ्सिर २४ गते बली चढाउने साइत जुटेपनि आर्थिक अभावले बली चढाउन नसक्नेले मंगलबार बलि चढाएको मन्दिरका मुख्य पुजारी मङ्गल चौधरीले जानकारी दिए ।
मकर सङ्क्रान्तिमा पनि श्रद्धालुले बोकाको बली दिएका छन् भने केहीले परेवा उडाएर भाखल पूरा गरेका चौधरीले बताए ।
मेला मूल व्यवस्थापन समितिका महासचिव वीरेन्द्र यादवले नेपाललगायत भारतको विभिन्न ठाउँबाट आएका भक्तजन मेलामा सहभागी भएको बताए ।
भारतबाट आउने भतmजनका लागि गढीमाई मन्दिरसम्म आउने नाका रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारीसाधनलाई बिना शुल्क इन्ट्री गरेर मात्र सहज रुपमा मन्दिरसम्म आउने वातावरण मिलाएको थियो ।