आज:
  • होमपेज / Breaking News

    चिसो बढेपछि वीरगञ्जका विद्यालय फेरी तिन दिनका लागि बन्द

  • वीरगंज संजाल
  • २ माघ २०८१, बुधबार १०:४७
  • १५८९

    वीरगञ्ज । चिसो बढ्दै गएको कारणले वीरगञ्ज महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै विद्यार्थीहरूको स्वास्थ्यमा शीतलहरले पार्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै माघ २ देखि ४ गतेसम्म बिदा दिइएको जनाएको छ ।

    “आज बाट बदलिएको चिसो मौसमको कारण आज मिति २०८१ माघ २ गतेदेखि ४ गते सम्म वीरगञ्ज महानगरपालिकाअन्तर्गतका सबै विद्यालयहरूको पठनपाठन स्थगित राख हुन आदेशअनुसार यो सूचना प्रकाशित गरिएको छ,” शैक्षिक प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

    शीतलहर र बाक्लो हुस्सुले यहाँको जनजीवन कष्टकर बनाएको छ । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिका यसबाट बढी प्रभावित भएको कारण विद्यालयमा बिदा दिने महानगरको निर्णयलाई अभिभावकले स्वागत गरेका छन् । यद्यपि, निर्णयको जानकारी ढिलो गराएको भन्दै शिक्षक र विद्यालयहरूले असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

    विद्यालयका व्यवस्थापन समितिहरूले समयमै सूचना नआएकाले शैक्षिक क्रियाकलाप र विद्यार्थीको अभिभावकहरूसँग समन्वय गर्न कठिन भएको गुनासो गरेका हुन् ।

    यसबाहेक, केही निजी विद्यालयहरूले महानगरपालिकाको निर्देशन अवज्ञा गर्दै पठनपाठन जारी राखेको पाइएको छ । यस्तो गतिविधिले बालबालिकाको स्वास्थ्यमा जोखिम पुर्‍याउन सक्ने भएकाले महानगरपालिकाले ती विद्यालयहरूको अनुगमन गरी कारबाही गर्नुपर्ने मागसमेत उठेको छ ।

    महानगरपालिकाले चिसोबाट बच्न सार्वजनिक स्थानहरूमा राहतको व्यवस्था गरे पनि सूचना प्रसारणमा सुधार आवश्यक रहेको देखिन्छ । साथै, अभिभावक र विद्यार्थीहरूलाई चिसोबाट बच्न सावधानी अपनाउन सुझाव दिइएको छ ।

    यसअघि वीरगञ्ज महानगरपालिकाले चिसो बढेपछि पुस २४ गते देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑