वीरगन्ज । प्रसिद्ध ज्योतिषगुरु बिबेकका अनुसार २०८१ सालको माघ, फागुन र चैत्र महिना ज्योतिष र खगोलिय हिसाबले अत्यन्तै संकटपूर्ण रहनेछ। शनि र मङ्गल ग्रहको युक्तिले प्राकृतिक आपदा, अस्थिरता, आगलागी र भारी वर्षाजस्ता समस्याहरू ल्याउने संकेत देखिएको बताइएको छ।
ज्योतिषगुरु बिबेकका अनुसार यो वर्षको प्रारम्भदेखि नै अन्य वर्षको तुलनामा आगलागीका घटनाहरू र अविरल वर्षा उच्च देखिएको छ। हालैको भारी वर्षालाई अहिलेसम्मकै उच्च वर्षाको रुपमा मापन गरिएको अनुमान छ। यी घटनाहरूले यो वर्ष संकटपूर्ण हुने संकेत प्रस्ट्याएको छ।
उनले मानवजातिलाई सतर्क रहन, सजगता अपनाउन र ईश्वरमा विश्वास राख्न आग्रह गरेका छन्। उनका अनुसार ज्योतिषीय विज्ञानको सहायताले भविष्यमा हुने घटनाहरूको पूर्वसूचना पाएर सतर्कता अपनाउन सकिन्छ।
ज्योतिषगुरु बिबेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनले नेपाली राजनीतिका थुप्रै घटनाबारे यथार्थ भविष्यवाणी गरेको इतिहास रहेको दाबी गरिएको छ। जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श दिने गुरु बिबेकलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।
ज्योतिषीय परामर्शमार्फत सुरक्षित जीवनयापनका लागि सजगता आवश्यक रहेको उनले बताएका छन्।