पर्सा | जनता समाजवादी पार्टी (जसपा) का युवा नेता श्री तबरेज अहमद पुनः भूमि आयोग पर्साको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ। यस गरिमामय पदमा उहाँको पुनर्नियुक्ति प्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।
तबरेज अहमदको अनुभव र दूरदृष्टिले भूमि आयोग पर्साको नेतृत्वलाई अझ प्रभावकारी र जनमुखी बनाउने विश्वास व्यक्त गरिएको छ। यसअघि पनि अध्यक्षका रूपमा उहाँले गरेका उत्कृष्ट कामले आयोगलाई नवनिर्माण र भूमिसम्बन्धी समस्या समाधानतर्फ मार्गदर्शन गरेको कुरा स्मरणीय छ।
उहाँको यस कार्यकाल पनि जनताको हित र न्यायको पक्षमा उदाहरणीय रहने अपेक्षा गरिएको छ। जनता समाजवादी पार्टी तथा पर्साका जनताले उहाँप्रति उच्च भरोसा व्यक्त गरेका छन्।