आज:
  • होमपेज / Breaking News

    मकवानपुरमा ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार १२:३३
  • ११४१

    वीरगंज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन्।

    प्रहरीले गएराति भारतको हरियाणा जिल्लाका दुई व्यक्तिलाई चरेश र अफिमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेका छन्। उनीहरूलाई मकवानपुरको थाहा नगरपालिका–११, टिस्टुङ नौखण्डे क्षेत्रको त्रिभुवन राजपथ सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार उनीहरू सवार डिएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारबाट २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिम बरामद गरिएको हो। हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा जिम्मा लगाएको थियो।

    यसैगरी, लागूऔषध गाँजा १०१ किलोसहित वीरगञ्ज महानगरपालिका–२६, अठराह सुगौली निवासी २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरिएको छ। उनलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट आज बिहान साढे ५ बजे पक्राउ गरिएको हो।

    डीएसपी अर्यालका अनुसार चितवनबाट वीरगञ्ज जाँदै गरेको डिएल १३ सी १५६१ नम्बरको भारतीय कारमा लुकाएर गाँजा ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

    प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले लागूऔषध तस्करीविरुद्धको प्रहरी कारबाहीलाई थप सशक्त बनाएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑