आज:
  • होमपेज / Breaking News

    मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट, महासचिवामा श्रेष्ठ विजयी

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार ०९:०७
  • ९५३

    हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् ।

    शनिबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २०४६ मतदातामध्ये १८१६ जनाले मतदान गरेका थिए । कुल २८ पदमध्ये २१ पदमा ४२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । दुई सचिवसहित ७ जना निर्विरोध भएका थिए ।

    रानाभाटले प्रतिद्वन्द्वी अनिल अग्रवाललाई २४९ मतान्तरले पराजित गरे । रानाभाटले एक हजार १४ मत पाउँदा अग्रवालले ७६५ म ल्याए । रानाभाट र अग्रवाल प्यानर बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । पदाधिकारीमा रानाभाट प्यानलका धेरैले जित निकालेका छन् ।

    अध्यक्षमा निर्वाचित रानाभाट अटो इन्जिनियरिङ, यातायात, र स्वास्थ्य क्षेत्रका व्यवसायी हुन । रानाभाटले आफ्नो तीन पुस्ताको व्यवसायिक परम्परालाई सफलतापूर्वक अघि बढाउँदै आएका हुन । मकवानपुर उद्योग वाणिज्य संघमा उनको संलग्नता २०६८ सालमा सदस्यका रूपमा भएको थियो । त्यसयता, उनले कोषाध्यक्ष, महासचिव, र उपाध्यक्ष पदमा रहेर संघमा काम गरे ।

    यसैगरी, महासचिवमा प्रतिमा श्रेष्ठ एक हजार १२ मतसहित विजयी भइन् । उनले निकटतम प्रतिस्पर्धी बिकेशलाल श्रेष्ठलाई २९९ मतान्तरले पराजित गरिन् । कोषाध्यक्ष पदमा तेजराज अधिकारी ९१७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी श्रीकृष्ण कर्माचार्यले ८०१ मत प्राप्त गरे । सह-कोषाध्यक्ष पदमा निलम वैद्यले ९१६ मत ल्याएर राधिका सामरी पाण्डे एक सय ३५ मतमा सीमित बनेकी छन् ।

    उपाध्यक्षमा वाणिज्यतर्फ राज् अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एशोसिएटतर्फ उज्ज्वल चौलागाई र बस्तुगततर्फ काव्यर्माण अधिकारी निर्वाचित भएका छन् ।

    उद्योगतर्फको उपाध्यक्षमा दिपक उप्रेती २७२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रविन्द्रप्रसाद घिमिरेले २४० मत प्राप्त गरे । सदस्यमा कृष्ण गोपाल महर्जन, जगदिश दहाल, र भुपेन्द्र प्रसाद अधिकारी विजयी भए । महर्जनले २८८, दहालले २७३, र अधिकारीले ३०७ मत प्राप्त गरे । महिला आरक्षणको सदस्यमा सिता देवी भेटवाल विजयी भइन् ।

    वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी ५९९ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेले ४८४ मत प्राप्त गरे । सचिवमा कुलप्रसाद चौलागाईंले ६८४ मत ल्याएर दिवस पराजुलीलाई २७३ मतले हराए । वाणिज्यतर्फ सदस्य पदमा बालकृष्ण बजगाईं, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, र राजेन्द्र लामिछाने विजयी भएका छन् ।

    संघको एशोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित भए । उनले ४८ मत पाए । उनको प्रतिद्वन्द्वी विष्णु खनाललु ३३ मत मात्रै ल्याए । एशोसिएटतर्फको सदस्यमा नवराज खतिवडा ६४ मत र अंकिता सुमार्गी ५४ मतसहित विजयी हुँदा ३८ मत प्राप्त गरी पुजन विडारी पराजित भए ।

    वस्तुगततर्फ उपाध्यक्षमा काव्यर्माण अधिकारी निर्वाचित भएका छन् । वस्तुगततर्फ २७ मतमध्ये २६ मत खसेकोमा अधिकारीले १५ मत पाए । उनको प्रतिद्वन्द्वी प्रदीप अर्यालदे ११ मत मात्रै पाए ।

    वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३-१३ मतसहित बराबरी भएको छ । शपथ ग्रहण कार्यक्रममा गोलाप्रथाबाट विजेता चयन गरिने निर्वाचन समितिले जानकारी दिएको छ । वस्तुगत सदस्यमा शम्भु पुडासैनी १२ मतसहित विजयी भए । ११ मतसहित कृष्ण अर्याल र ३ मतसहित गोविन्द चौलागाई पराजित हुन पुगे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑