आज:
  • होमपेज / Breaking News

    अयोध्यामा राम मन्दिर उद्घाटन वार्षिकोत्सवको अवसरमा बिरगंजमा भव्य दिप प्रज्वलन कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २७ पुष २०८१, शनिबार २३:१४
  • १३४९

    बिरगंज । हिन्दु परिषद नेपालद्वारा राम जन्मभूमि अयोध्यामा राम मन्दिरको उद्घाटन तथा भगवान श्री रामलालाको मूर्ति प्राणप्रतिष्ठाको वार्षिकोत्सवको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। हिन्दु परिषद नेपाल नगर कमिटीको आयोजनामा बिहान १० बजे माईस्थान मन्दिर परिसरमा हनुमान आराधना, सनातन वैदिक हवन पूजा, र विशेष हवन कार्यक्रम आयोजना गरियो।

    कार्यक्रमको अर्को प्रमुख आकर्षण सवा लाख दिप प्रज्वलन थियो, जुन वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्याय र उनकी श्रीमती मुना खनालको करकमलबाट विधिवत पूजा गरी माईस्थान मन्दिर अगाडि सम्पन्न गरियो।

    श्री राम दरवारको विशेष झाँकीसहित नगरवासीहरूको भव्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको संयोजन हिन्दु परिषद नेपाल महानगर समितिले गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा महामण्डलेश्वर महन्थ श्री श्री १००८ सुरेन्द्र दास जी महाराजको उपस्थिति रहेको थियो।

    हिन्दु परिषदको केन्द्रिय अध्यक्ष श्री संजय सरार्फको उपस्थितिमा सम्पन्न भएको यस कार्यक्रममा परिषदका अगुवा लाल बाबु प्रसाद, अबोध केवट, सच्चीता नन्द दुवे, ध्रुव सिंह ठकुरी, हरेन्द्र पटेल, ओम गुप्ता, बन्दना शर्मा, चन्दा शर्मा, पुरूषोत्तम दुवे, देव नाथ उपाध्याय, नरेन्द्र तिवारी, जितेन्द्र पुरूष ढकाल, रूपसिला जयसवाल, उमेश श्रेष्ठ, अजिता देवी पटेल, चितरंजन श्रीवास्तव, राहुल बाडीया, भरत साह कानु, सुभाष सिंह, छबी सरार्फ, बबीता गुप्ता, उमेश साह कानु लगायत श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो।

    कार्यक्रम हिन्दु परिषद नेपाल पर्सा जिल्ला नगर अध्यक्ष श्री श्याम बाबु गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामुदायिक सद्भावको प्रवर्द्धन गर्दै भक्तजनहरूको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑