आज:
  • होमपेज / Breaking News

    पर्साको जिराभवानीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २७ पुष २०८१, शनिबार २२:५७
  • १५२१

    पर्सा | पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १, पकडीटोलमा आज निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। थारु सम्बत २६४८ माघी खिचडीको अवसरमा युवा समाज पकडीटोलको आयोजनामा, निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टर बीरगंज र नेशनल हेल्थ केयर, ओपल फार्मा, केस्ट फार्मा, हिमालय फार्मा, एस्लोन फार्मा, कलारडेक्स फार्मा, टाईम्स फार्मा, अल्कोम फार्मा लगायत बीरगंजका औषधि सहयोगी संस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा ५८५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण, आँखाको जाँच तथा औषधि वितरण गरिएको थियो। युवा समाज पकडीटोलका अध्यक्ष गोबिन्द चौधरीको अगुवाइमा र निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका एमडी कुनाल महतो थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। शिविरमा डा. अच्युतानन्द लाल कर्ण, डा. अर्पना यादव, डा. पप्पु कुमार जैसवाल, डा. स्वेता चौधरी कर्ण, डा. राजिव यादव, डा. अरबिन्द साह, र डा. अशोक कुमार गुप्ताले स्वास्थ्य परीक्षण गरेका थिए।

    यसैगरी, माघी खिचडी विशेष कार्यक्रम अन्तर्गत आगामी सोमबार रक्तदान कार्यक्रम र मंगलबार खिचडी विशेष कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य कार्यक्रम हुने युवा समाजका अगुवा कार्यकर्ता नन्दकिशोर दासले जानकारी दिए।

    कार्यक्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष रामशरण खवास थारु, वार्ड नम्बर २ का वार्ड अध्यक्ष महादेव महतो थारु, युवा समाज पकडीटोलका युवा प्रतिनिधि र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    यस प्रकारका कार्यक्रमहरूले समुदायको स्वास्थ्य सेवामा पहुँच बढाउने र जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑