आज:
  • होमपेज / Breaking News

    ओली सरकारको दोहोरो चरित्रका कारण बिरगंजको बिकास ओझेलमा : प्रभु साह

  • वीरगंज संजाल
  • २५ पुष २०८१, बिहीबार १८:३३
  • १२३३

    बिरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजको बिकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् । नेताहरुको दोहोरो चरित्रका कारण बिरगंजको बिकास ओझेलमा परेको उनले बताए ।

    बिरगंज स्थित नारायणी रंगशालाको आज निरक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रंगशाला जिर्ण बनेको बताए । केही चोर नेताहरुका कारण नारायणी रंगशाला जिर्ण भएको र विभेदको शिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत उनले दिए ।

    ‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर बिरगंज आउँनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषी औजार कारखाना उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योग्दान केही हुनुपरेन ?’, बिरगंजको बिकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको बिकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडीपछाडी गर्नेलाई सोध्ने बेला भएको छ । की त्यो पार्टी छोड या यहाँको बिकासको बारेमा केही गर । बिरगंजमा लुटने काम मात्रै उनीहरुले गरे ।’

    बिरगंजबाट राजस्व लिने तर बिरगंजको बिकासका लागि सरकारले केही नगर्ने हो भने अब हामी चुप लागेर बस्ने बेला होईन यसको हिसाब किताब गर्नुपर्ने साहले भने । यहाँबाट ट्रक आउँजाउँ गर्दा त्यसको धुलोधुवा बीरगंजबासीले खानुपर्ने तर सरकारले बिकास नै नगरेपछि अब हामीले कर किन तिर्ने त्यसबारेमा सोच्ने बेला भएको उनले बताए ।

    ‘बिरगंजबाट चारगुणा बढी टयाक्स लिने तर सोही परिणाममा यहाँको बिकास किन नगरेको भन्ने बारेमा हामीले प्रश्न गर्नुपर्छ । जब यहाँबाट सरकारले बढीभन्दा बढी टयाक्स लिन्छ भने बढी भन्दा बढी बिकास गर्नुपर्छ’ आजपा अध्यक्ष साहले भने, ‘२१औं शताब्दीमा बिरगंजसंग जुन अन्याय, अत्याचार, विभेद भईरहेको छ हामी चुप लागेर बस्दैनौं । बिरगंजको मानसम्मान, बिकास, गौरबका लागि प्रभु साह चुप लागेर बस्दैन । हामी यसको हिसाबकिताब गर्छौं ।’

    मधेस बिभिन्न खेलकुदमा मधेस अगाडी रहेको ईतिहास रहेको बताउँदै उनले मधेसलाई पछाडी पार्न खोज्नु दुर्भाग्य भएको बताए । क्रिकेट, कुस्ती, फुटवल, भलिवल लगायतका बिभिन्न खेलमा मधेस जहिले पनि अगाडी भएको बताउँदै उनले यहाँको रंगशालाको पुनर्निमाण गर्नुपर्ने, थप रंगशाला निर्माण गर्दै खेलकुदको बिकासका लागि आफूले योग्दान उनले बताए ।

    पर्साका नेताहरु दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गर्दै प्रभु साहले यस्ता योजनालाई पुरा गर्नका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मधेससंग विभेद, अत्याचार र सौताको व्यवहार सरकारले गरेको आरोप लगाउँदै उनले बिरगंजको बिकासका लागि आजपाले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।

    बिरगंजको गौरवको रूपमा रहेको नारायणी रंगशालाको निरीक्षण पश्चात आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो । गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ? रंगशालाको बिकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ? देश बदलावमा अग्रणी भुमिका खेलेको बिरगंजलाई यस्तो उजाड़ किन बनाउनु भो ? के बीरगंज प्रयोग गर्ने र फ्याक्ने ठाऊँ हो ? के कर तिर्ने बिरगंजले रिटर्न पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा बीरगंजको लागी सरकार बिहिनता किन ? अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? हेक्का राखनु चोरहरू, अब बिरगंज चुप लागेर बसदैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑