आज:
  • होमपेज / Breaking News

    महागढीमाई नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २५ पुष २०८१, बिहीबार ०९:०७
  • ११३३

    बारा । महागढीमाई नगरपालिका र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनामा गढीमाई मन्दिर प्रांगणमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जनजागरण युवा क्लब बाराले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रमको उद्घाटन गर्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावका कारण अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई रोक्न रक्तदानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति र शल्यक्रिया गराइरहेका बिरामीहरूलाई रगतको अभावले मृत्युको मुखमा पुग्नुपर्ने अवस्थालाई रोक्न रक्तदानले सहयोग गर्ने कुरा जोड दिनुभयो।

    नगर प्रमुख यादवले मानव कल्याणका लागि जनजागरण युवा क्लब बारासँग सहकार्य गर्दै महागढीमाई नगरपालिकाले निरन्तर समाजसेवाका कार्यहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    ग्रामिण क्षेत्रमा जनचेतनाको प्रयास
    जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले ग्रामीण भेगमा रक्तदानसम्बन्धी भ्रमहरू चिर्न र जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले ग्रामीण क्षेत्रमा अझै पनि रक्तदान गर्दा कमजोरी आउने र विभिन्न रोग लाग्ने जस्ता गलत मानसिकता रहेको भन्दै यस्ता भ्रम तोड्न क्लबले यो कदम चालेको बताउनुभयो।

    रक्तदानमा ५२ जनाको सहभागिता
    रक्तदान कार्यक्रममा नगर प्रमुख उपेन्द्र प्रसाद यादवसहित गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी र शशिकान्त कुशवाहालगायतले रक्तदान गर्नुभएको थियो।

    कार्यक्रममा नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलीप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह र राजेश यादवसहित चार महिला सहित कुल ५२ जनाले रक्तदान गरेका थिए।

    कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गर्नुभएको थियो भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगञ्जले उपलब्ध गराएको थियो। कार्यक्रममा जनजागरण युवा क्लब बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव र कार्यकारी निर्देशक डा. श्रीनिवास बैठाको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रमले ग्रामीण क्षेत्रमा रक्तदानको महत्त्वबारे सचेतना फैलाउन उल्लेखनीय भूमिका खेलेको आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑