आज:
  • होमपेज / Breaking News

    पाइपलाइन सुरु, ट्याङ्कर व्यवसायीको आन्दोलन घोषणा

  • वीरगंज संजाल
  • २४ पुष २०८१, बुधबार १३:१४
  • १२३७

    बारा । भारतको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म पेट्रोल र मट्टीतेल आयात गर्न पाइपलाइन सञ्चालनमा आएपछि ट्याङ्कर व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्।

    अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन (अमलेखगंज शाखा), र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले संयुक्त रूपमा बैठक गरेर चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।

    पुस १३ गतेदेखि माग राखेर आन्दोलनमा उत्रेका व्यवसायीहरूले पुस २३ गतेसम्म समस्या समाधानको आश्वासन पाएपछि आन्दोलन स्थगित गरेका थिए। तर, माग पूरा नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने निर्णय भएको हो।

    पाइपलाइन सञ्चालनपछि भारतको बरौनीदेखि अमलेखगंजसम्म पेट्रोल र मट्टीतेल ढुवानी गर्दै आएका १०४ वटा ट्याङ्कर विस्थापित भएका छन्। यसले व्यवसायीहरूको रोजगारी गुम्ने र आर्थिक समस्यामा पर्ने चिन्ता थपेको छ।

    नेपाल आयल निगम, मधेस प्रादेशिक कार्यालय, अमलेखगंजका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार, पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको नियमित आयात सुरु भइसकेको छ। अत्याधुनिक पूर्वाधार निर्माण गरी आयात प्रक्रिया प्रभावकारी बनाइएको छ।

    व्यवसायीहरूले विस्थापित ट्याङ्करहरूको रोजगारी सुरक्षित गर्न दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्। उनीहरूले पाइपलाइन सञ्चालनले आफ्नो व्यवसायमा पारेको असरप्रति सरकार र निगमको ध्यानाकर्षण गराउँदै आन्दोलन थालेका छन्।

    पाइपलाइनले देशको ऊर्जा आपूर्ति प्रणाली सुदृढ बनाए पनि विस्थापित व्यवसायीहरूको माग सम्बोधन गर्न सरकार र सरोकारवालाबीच तत्काल समाधान खोजिनुपर्ने आवश्यकता देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑