वासिङ्टन डीसी । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोले राजीनामा दिएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला र माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले ट्रुडोको राजीनामाप्रति प्रतिक्रिया दिएका छन् ।
राजीनामालाई गिज्याउँदै मस्कले २०२५ राम्रो देखिरहेको भनेका छन् । ‘२०२५ राम्रो देखिरहेको छ । ट्रम्पले जिते । ट्रुडोले राजीनामा दिए । केर स्टार्मरको पर्दाफास भइसकेको छ’ भन्दै एक्समा पोस्ट लेखेका छन् ।
ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका छन् । तर, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म उनी कामचलाउ प्रधानमन्त्री रहनेछन् । मस्कलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आगामी प्रशासनमा सरकारी दक्षता विभागको जिम्मेवारी दिएका छन् ।