वीरगञ्ज । वीरगञ्जमा आज विहान भुकम्पको झट्का महशुस भएको छ । आज विहान ६ बजेर ५१ मिनेटमा भुकम्पको झट्का महशुस भएको हो ।
कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले वीरगञ्जका नागरिकहरु सडकमा निस्किएका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर जनकपुरमा पनि झट्का महशुस गरिएको छ ।
काठमाडौँमा ठुलो धक्का महशुस भएको हो । काठमाडौँ उपत्यकामा भूकम्प २५ देखि ३० सेकेण्डसम्म महसुस भएको छ। भूकम्पको धक्का महसुस भएसँगै उपत्यकामा सुतिरहेका स्थानीय घरबाहिर सडकमा निस्किएका छन्।
भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
कहाँ के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।