आज:
  • होमपेज / Breaking News

    नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

  • वीरगंज संजाल
  • २० पुष २०८१, शनिबार १८:२८
  • ९१३

    कपिलवस्तु | नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ ।

     रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । 

    रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

    उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले पत्रकारहरु व्यवसायिक पत्रकारिता गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले पत्रकारहरू आफ्नो गाउँठाउँको समाचारहरूलाई प्राथमिकताका साथ छाप्नुपर्ने बताउनु भएको छ । 

    चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले मिडियाहरूलाई मर्ज गर्ने गरी सबै एकजुट हुनुपर्नेमा धारणा राख्नुभयो । धेरै मिडिया भएकोले सबैलाई एकीकृत गरी अगाडि बढ्नु पर्ने पाण्डेको भनाई रहेको थियो । 

    शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसीले पत्रकारहरु स्थानीय सरकारको समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । 

    लुम्बिनी प्रदेश अकोराबका पूर्वअध्यक्ष राजु खरालले कपिलवस्तु पश्चिमका पत्रकारहरू क्रियाशील बन्दै गएको प्रति खुशी व्यक्त गर्नुभयो । पत्रकारका नेता समेत भएका खरालले पत्रकारहरू संस्थागत विकास तर्फ अग्रसर भई लाग्नुपर्ने जानकारी दिनुभयो ।

    कार्यक्रमको अध्यक्षता गरिरहनुभएका शनिल्ला धोबीले पत्रकारितालाई मजबुत तरिकाले लैजानुपर्ने बताउनुभयो । धोबीले व्यापारी व्यवसायीले समेत पत्रकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

    रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुका अध्यक्ष सनिउल्ला धोबीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ समिति सर्वसम्मत रुपले चयन गरिएको छ ।

    कपिलवस्तुको चेम्बर अफ कमर्सको सभाहाल चन्द्रौटामा भएको रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको छ । 

    वरिष्ठ उपाध्यक्ष पदमा सुर्य गुरुङ ,उपाध्यक्ष बृजेश जयसवाल, उपाध्यक्ष (महिला ) विष्णु (विपना) पौडेल, महासचिव केशव बेल्बासे रहनु भएको छ ।

     त्यस्तै सचिवमा अजय मिश्र, सचिव(समावेशी) पदमा बृजेश यादव, काेषाध्यक्ष पदमा अनेक पाण्डे,  सह काेषााध्यक्ष पदमा कृष्ण पौडेल सहित निर्वाचित २९ सदस्यीय  कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजु खरालले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑