आज:
  • होमपेज / Breaking News

    पर्सागढीमा मोतियाविन्दु शिविर: ५६५ जनाको निःशुल्क शल्यक्रिया, आँखा उपचारको हब बन्दै वीरगञ्ज

  • वीरगंज संजाल
  • १८ पुष २०८१, बिहीबार १६:५९
  • ९२९

    वीरगञ्ज। पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने उनको सपना साकार हुन सकिरहेको थिएन।

    ‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’ उनले भनिन्, ‘आफ्नै घरदैलोमा पैसा नतिरिकनै आँखाको शल्यक्रिया गर्न पाउँदा त खुसीको कुनै सीमा छैन।’

    आँखाको शल्यक्रिया गर्नुअघिसम्म नाति–नातिनाको सहारा लिएर हिँड्नुपर्ने अवस्था पुगेको स्मरण गरिन्। ‘आँखा शल्यक्रिया गर्नु अघिसम्म त घरका सानातिना काम गर्न पनि धेरै गाहे हुने गर्थ्यो,’ उनले भनिन्, ‘घर वरिपरि आउँजाउ गर्न पनि कसैको सहारा लिनुपर्ने हुन्थ्यो। अब त कसैको सहाराबिनै ठमठमती हिँड्नसक्ने भएकी छु।’

    उनी मात्रै होइन् पर्सागढी नगरपालिका–७ टिकुलियाका ६२ वर्षीया रामचन्दर साहलाई पनि मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उनका ज्वाइँ नारायण साह तेलीले पुसको १३ गते पर्सागढी नगरपालिका-४ बर्वाछटैलीस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यामिक विद्यालयमा आयोजित बृहत आँखा शिविरमा ल्याएका थिए ।

    ‘बुढ्यौली लागेसँगै आँखाले नजिकको वस्तु पनि छुट्याउनै नसक्ने भइसकेको थिएँ,’ मोतियाविन्दुको शल्यक्रिया गरेका रामचन्दरले भने, ‘आफ्नै पालिकामा भएको शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरेर फेरि आँखाको ज्योति फर्किदा खुसी लागेको छ।’

    शिविरमा पर्सागढीका मात्रै होइन, बहुदरमाई, सखुवाप्रसौनी, जिराभवानी, पकाहामैनपुर र जीतपुर सिमरा उपमहानगरपालिकासहित सीमावर्ती भारतीय नागरिकसहित पाँच सय ६५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारीका हवास देवानले पनि सोही शिविरमा आफ्नो मोतियाविन्दुको शल्यक्रिया गराएका छन् ।

    ‘लामो समयदेखि आँखा हेर्न नपाउँदा जिन्दगी नै अँध्यारो भएको थियो। नेपालमा आँखाको उपचार राम्रो हुन्छ, भनेर आएको हुँ,’ उनले भने, ‘शल्यक्रिया गरेसँगै अहिले छर्लङ्गै देख्ने भएको छु।’

    भारतीय नागरिक देवानले भारतका विहार राज्यमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र प्रभावकारी हुने भएकाले आउने गरेको बताए। ‘भारतीय नागरिक भए पनि मोतियाविन्दुको शल्यक्रिया गर्न कुनै पनि अप्ठेरो भएन्’ उनले भने ।

    स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले ४० वर्षे उमेर पार गरेसँगै मोतियाविन्दुको समस्या देखिँदै आइरहेको बताए । ‘पहाडी जिल्लाको तुलनामा तराई–मधेशमा जनसङ्ख्या र औद्योगिक कारखानाले प्रदूषण गरेकाले पनि आँखा सम्बन्धित समस्या धेरै देखिने गरेको छ,’ उनले भने ।

    गत पुस ११ देखि १३ गतेसम्म भएको आँखा शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सक डा. सागर रुइत, डा. दीक्षा विष्ट नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको उपचार गरेको थियो । प्रतिष्ठानका बाह्य कार्यक्रम निर्देशक निम्खेल लामाले प्रतिष्ठानको प्राविधिक सहयोगमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको जानकारी दिए ।

    ‘पहाडी जिल्लामा भन्दा तराई–मधेशका जनतामा मोतियाविन्दुको समस्या धेरै देखिने गर्छ,’ उनले भने, ‘आँखाको हेरचाह र सुरक्षामा विशेष ध्यान दिन जरुरी भइसकेको छ।’

    प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा मोतियाविन्दुको शिविरमार्फत शल्यक्रिया सञ्चालन गर्दै आइरहेको जानकारी दिए । मोतिविन्दुको शल्यक्रिया दुई पद्दतिबाट गर्ने गरिन्छ । मेसिनबाट (फेको) र म्यानुअफ स्मल इन्सिसन क्याटर्‍याक्ट सर्जरी (एमएसआईसीएस)बाट गरिन्छ ।

    मोतियाविन्दुको फेको प्राविधिमार्फत शल्यक्रिया गर्दा कम्तीमा पनि १८ हजार रुपैयाँ खर्च लाग्ने गर्छ भने ‘एमएसआइसीएस’ प्रविधिमार्फत गर्दा कम्तीमा १० हजार खर्च लाग्ने गर्छ । शल्यक्रिया पछि बिरामीलाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो ।

    पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले नगरपालिकाले मोतियाविन्दुको शल्यक्रिया गर्ने बिरामीको लागि आवास, खाना र यातायातको प्रबन्ध मिलाएर शिविर सञ्चालन गरेको बताए। ‘मोतियाविन्दुका बिरामीलाई आफ्नो घरदैलोमा नै शिविर गरेर आँखाको उपचार गराउन सक्यौँ,’ उनले भने, ‘तिलगङ्गा आँखा प्रतिष्ठानले प्राविधिक र सिङ्गापुरको सिंइग होप संस्थाको सहकार्यमा मात्रै सम्भव भएको हो।’

    उनले पर्साका विभिन्न ११ ठाउँमा आँखा जाँच शिविर गर्दा सात सयभन्दा धेरै मोतियाविन्दुका बिरामी भेट्टिए पनि बिरामीमा उच्च रक्तचाप र मधुमेह देखिएकाले केही शल्यक्रिया गर्न प्राविधिक रुपमा नमिलेको जानकारी दिए ।

    आँखाको बिरामीको हब बन्दै वीरगञ्ज
    नेपालमा सस्तो र गुणस्तरीय आँखाको उपचार हुन थालेसँगै भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यका बिरामीको उपचार गर्ने थलोको रुपमा पनि वीरगञ्जसहितका आसपासको क्षेत्र भएको छ।

    तिलगङ्गा आँखा प्रतिष्ठानले सस्तो र गुणस्तरीय लेन्स उत्पादन गरेर बजारीकरण गरेसँगै भारतीय आँखाका बिरामी पनि वीरगञ्जमा उपचार गराउन आउने सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ।

    वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले वीरगञ्जमा ६० प्रतिशत भारतीय नागरिक र ४० प्रतिशत स्वदेशी आँखाका बिरामी उपचार गर्न आउने बताए ।

    ‘आँखाका बिरामीले गर्मीमा भन्दा पनि जाडो मौसममा शल्यक्रिया गर्न रुचाउँछन्। गर्मी मौसममा पसिनाको कारणले घाउको सङ्क्रमण बढ्नसक्ने जोखिमको कारणले शल्यक्रिया गर्न रुचाउँदैनन्,’ उनले भने, ‘जाडोको मौसम आँखा वा मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उपयुक्त मौसम मान्ने गरिन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑