पेरिस । फ्रान्सेली सेना चाँडै नै आफ्नो देश छोड्ने आइभरी कोस्टले बताएको छ । त्यहाँका राष्ट्रपति अलासेन ओउटाराले यो घोषणा गरेका हुन् ।
यस कदमले देशको सशस्त्र बलको आधुनिकीकरणलाई प्रतिबिम्बित गरेको ओउटाराले बताए । नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । दशकौँदेखि फ्रान्सेली सैनिकहरू आइभोरी कोष्टमा छन् ।
सन् १९६० मा पश्चिम अफ्रिकी देश आइभरी कोस्टमा फ्रान्सको औपनिवेशिक शासन समाप्त भएको थियो । तर यसपछि पनि फ्रान्सेली सैनिकहरू त्यहाँबाट हटेनन् ।
फ्रान्सले आफ्नो भूमिमा रहेका सैन्य अड्डाहरू बन्द गर्ने घोषणा गरेको सेनेगलले गत महिना बताएको थियो । यो काम सन् २०२५ को अन्त्यसम्ममा सम्पन्न हुने बताइएको छ ।