वीरगञ्ज । धनुषा जिल्लाअन्तर्गत पर्ने जनकपुर-ढल्केवर सडक खण्डमामा भारतीय नम्बरको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका – ७ स्थित बाबाको ढाबा होटेल नजिक ढल्केवर-जनकपुर सडक खण्डमा जनकपुरबाट लक्ष्मिनियाँ तर्फ जाँदै गरेको स ८ प ३०५७ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा बीआर ०६ डीटी १९८८ नम्बरको भारतीय स्कर्पियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर रूपले घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका – १ मिल्स एरिया न्निवासी अन्दाजी १६ वर्षीय बिबेक राय र पछाडि सवार सोही स्थानका १६ वर्षीय आयुष पाठक रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको खुट्टा र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको र घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।
प्रहरीले स्कर्पियो चालक भारतको बिहार राज्यस्थित मुज्जफरपुर निवासी ३५ वर्षीय धर्मेन्द्र सहनीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लक्ष्मीनियामा राखेको छ ।