वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–२७ कुहडि टोलमा १ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको बाटोको सिलान्यास सम्पन्न भएको छ। उक्त सिलान्यास माननीय सांसद निर्मला देवकोटाले एक समारोहका बीच गर्नुभएको हो।
संसदीय कोष कार्यक्रमअन्तर्गत उक्त परियोजनाको शुभारम्भ गरिएको हो। कार्यक्रममा नेकपा एमालेका नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सांसद देवकोटाले कार्यक्रममा विकासका योजना सफलतापूर्वक सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय स्तरमा पूर्वाधार विकासले समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
यो योजना सम्पन्न भएपछि कुहडि टोल र आसपासका बासिन्दाहरूलाई यातायातमा सहजता हुने र क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।