वीरगञ्ज । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित सुहपुर गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्रांगणमा निशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ। केडिया आँखा अस्पतालको आयोजना र दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा आयोजित उक्त कार्यक्रम जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि केडिया आँखा अस्पतालका कार्यक्रम संयोजक डा. रासदेव साह रहेका थिए। स्वागत मन्तव्य युवा नेता अमर सिंह राठौरले दिएका थिए भने विशिष्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक मणिभूषण दुबे, युवा नेता केदार पटेल, वडा नम्बर ४ का सचिव सुभाष मियाँलगायतका स्थानीय नेताहरु र सामुदायिक अगुवाहरु सहभागी भएका थिए।
शिविरमा ५५६ जनाको आँखा र कान परीक्षण गरिएको थियो। तीमध्ये १८५ जनामा मोतियाबिन्दु पाइएको थियो भने ६४ जनाको कानको विस्तृत परीक्षण गरी उपचारका लागि सिफारिस गरियो। कानको समस्या भएकामध्ये १६९ जनालाई निशुल्क औषधि प्रदान गरिएको थियो। डा. रासदेव साहका अनुसार मोतियाबिन्दु भएका बिरामीको पालैपालो शल्यक्रिया गरी अस्पतालले आफ्नै स्रोतसाधनबाट घरसम्म पु¥याउने व्यवस्था गर्नेछ।
कार्यक्रमका अन्य अतिथि एवं सहभागीहरूमा समाजसेवी ठाकुर प्रसाद चौधरी, प्रहरी हवलदार परमप्रसाद यादव, डा. राकेश गिरी, डा. संदिप जैसवाल लगायतका व्यक्तिहरू थिए। कार्यक्रमको सञ्चालन शेषनाथ सिंहले गरेका थिए।
स्थानीय जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिएको यस पहलले समुदायमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।