आज:
  • होमपेज / Breaking News

    नेपाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक पर्सागढीमा ‘पर्सागढी विजय महोत्सव’ मनाइँदै

  • वीरगंज संजाल
  • १४ पुष २०८१, आईतवार ११:१०
  • ८८९

    वीरगञ्ज । भारतको इस्ट इन्डिया कम्पनीको ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक युद्ध स्थल पर्साको पर्सागढीमा पुस १९ गते ‘पर्सागढी २१० ओं विजय महोत्सव’ मनाइने भएको छ ।

    नेपाली सेना र पर्सागढी नगरपालिकाको सहकार्यमा पर्सागढी मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष झैँ यस वर्ष पनि पुस १९ गते ‘पर्सागढी विजय महोत्सव’ मनाउन लागेको हो ।

    विक्रम संवत् १८७१ पुस १९ गते पर्सागढीमा स्थानीय रञ्जित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयवासीको सक्रियतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिस भारतका विशाल सेनालाई पराजित गरेर नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा यसपालि पनि महोत्सवको आयोजना गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    पर्सागढी नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेनाको सहभागिता तथा स्थानीयवासीको सहभागितामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागिएको चौधरीले बताए ।

    नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै ‘पर्सागढी २१० औँ विजय महोत्सव’ कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुस १९ गते बिहान १० बजे भेला भई विभिन्न झाँकी एवम् नेपाली सेनाको टोलीका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै वडा नम्बर ६ स्थित युद्ध स्थल पर्सागढी मन्दिर परिसरमा पुगेर विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले जानकारी गराए ।

    पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भए पनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदी तथा खोला सबै भन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न तीनै तहको सरकार लगायत उद्योगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताए ।

    मेयर पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए ।

    समितिका अध्यक्ष चौधरीका अनुसार, हाल समितिको स्वामित्वमा २ कट्टा मात्र जग्गा रहेको छ । पर्सागढी क्षेत्रको थुप्रै जग्गा व्यक्तिको नाममा अतिक्रमण गरिएकाले यस ऐतिहासिक स्थलमा पर्यटकीय स्थलका रूपमा विकास गर्न समस्या भइरहेको पनि उनले बताए । उनले भने , ‘पूर्वाधार विकासका लागि जग्गा चाहिन्छ, पर्सागढीमा जग्गाको समस्या छ, मन्दिर क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता छ । पर्यटन पूर्वाधार विकासका लागि जमिन कहाँ खोज्न जाने ? पर्सा जिल्लामा एक मात्र गढी छ । यसको आफ्नै किसिमको इतिहास, महत्त्व र परिचय छ ।’

    अध्यक्ष चौधरीले पर्सागढीको त्यो बेलाका युद्धका विषयमा लेखिएका लेख, दस्ताबेजहरूमा लेखकले युद्ध सफल बनाउन मुख्य भूमिका खेलेका रञ्जित चौधरीको नाम नै समावेश नगरिएको देख्दा पालिकावासीकै मन खिन्न हुने भन्दै दुखेसो पोखे । लेख रचना वा दस्तावेजीकरण गर्नु पूर्व अध्ययन अनुसन्धान गर्न उनले आग्रह पनि गरे ।

    हाल स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । पर्सागढी नगरपालिकाले धर्मशाला निर्माण गरिदिएको छ । युद्ध स्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । पर्सागढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।

    पर्सागढीको गौरव गाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रूपमा विकासका लागि आ आफ्नो स्थानबाट पहल गरिदिन पत्रकार सम्मेलन मार्फत अध्यक्ष चौधरीले आग्रह गरे ।

    पर्सागढीको मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका मेयर पाठक, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व गाविस अध्यक्ष चौधरी, स्थानीयवासीलगायताको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑