वीरगंज | सिमरा भेट्रान क्लबले आयोजना गरेको चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक गरेको छ। क्लबले शनिबार पत्रकार सम्मेलनमा तीन महिना पछी खर्च र आम्दानीको खुलासा गरेको हो।
सचिव हरि चौधरीका अनुसार, प्रतियोगिता सञ्चालन गर्न कुल १५ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ। प्रतियोगिता १ असोज देखि ५ असोजसम्म सम्पन्न भएको थियो। प्रतियोगिताको आयबाट १ हजार ७ सय ५० रुपैयाँ बचत भएको जानकारी पनि उनले दिए।
चौधरीका अनुसार, जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय र औद्योगिक प्रतिष्ठानबाट सहयोग रकम अझै प्राप्त नभएको छ। यस रकम प्राप्त भएपछि क्लबले मुनाफा आर्जन गर्ने र उक्त रकमलाई भविष्यको लागि बचत गर्ने योजना बनाएको छ।
प्रतियोगिता संचालनका लागि विभिन्न दाताबाट १५ लाख ६६ हजार ७ सय ५० रुपैयाँ संकलन गरिएको थियो। क्लबका अध्यक्ष राजकपुर राउट (बिजय), विनोद परियार, रमेश शर्मा, समिर आले लगायतका सदस्यहरूको उपस्थिति रहेको पत्रकार सम्मेलनमा उक्त जानकारी साझा गरिएको हो।
चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान कपको उपाधि आयोजक क्लबले नै जितेको थियो।
क्लबका सदस्यहरूले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि योगदान गरे। विभिन्न दाताहरूबाट प्राप्त सहयोग र उत्साहजनक समर्थनले प्रतियोगिता सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको थियो। यस प्रतियोगितामा सहभागी विभिन्न टोलीहरूले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे, जसले आयोजनाको महत्त्व थप बढायो।
साथै, सिमरा भेट्रान क्लबले आगामी वर्षहरूमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने योजना राखेको छ। क्लबले यस अवसरमा सम्पूर्ण सहभागिहरू, समर्थक र सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ।
प्रतियोगितामा उपाधि जित्नु क्लबको लागि मात्र होइन, सिमरा क्षेत्रका लागि पनि गर्वको विषय बन्यो। क्लबले भविष्यमा यस्ता कार्यक्रम आयोजना गरेर स्थानिय र अन्तर्राष्ट्रिय स्तरमा फुटबलको लोकप्रियता थप फैलाउने लक्ष्य राखेको छ।