बीरगंज । एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ वीरगञ्जको आयोजनामा साउथ सिटी हिमाल नर्सिङ हस्पिटलमा मानवअधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। कार्यक्रमको उद्घाटन वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायले दिप प्रज्वलन गरी गर्नुभयो।
कार्यक्रमको सुरूमा एमनेष्टीका पूर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै एमनेष्टी ईन्टरनेशनलको इतिहास र यसका गतिविधिहरूको बारेमा जानकारी गराउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्रकाश कुमार उपाध्यायले संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा पारित गरेको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र मौलिक अधिकारका महत्त्वबारे प्रकाश पार्दै एमनेष्टी ईन्टरनेशनलले मानवअधिकार संरक्षणका लागि खेलेको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गर्नुभयो।
सो कार्यक्रममा समाजसेवी प्रेम शंकर सिंह, एमनेष्टीका सचिव एवं प्रशिक्षक रजनिस झा, हिमाल नर्सिङका प्रिन्सिपल, तथा करिब १०० जना प्रशिक्षार्थी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन एमनेष्टी ग्रुप १६ की उपाध्यक्ष संगीता पटेलले गर्नुभएको थियो।