आज:
  • होमपेज / Breaking News

    रौतहटको गरुडामा शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूको तोडफोड, लाखौँको क्षति

  • वीरगंज संजाल
  • १२ पुष २०८१, शुक्रबार ११:१०
  • ९७७

    वीरगञ्ज। रौतहटको गरुडा नगरपालिकामा शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूले उग्र प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। बिहीबार गरुडा नगरपालिका कार्यालयमा भएको प्रदर्शनमा नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले सरकारी सम्पत्तिमा व्यापक क्षति पुर्‍याएका हुन्।

    विद्यार्थीहरूले नगरपालिका भवनअगाडि पार्किङ गरिएका मेयर कन्थमणि प्रसाद जयसवालको सरकारी गाडी (ना १ झ १६७३ नम्बर) सहित एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन्। सरकारी गाडीको सिसा फुटेका छन् र अन्य भागमा पनि क्षति पुगेको छ। त्यसैगरी, भारतीय नम्बर प्लेटको एक स्कारपियो गाडी र सेवाग्राहीका एक दर्जनभन्दा बढी मोटरसाइकलमा पनि विद्यार्थीहरूले तोडफोड गरेका छन्। प्रदर्शनका क्रममा नगरपालिका भवनका झ्यालका अधिकांश सिसा फुटाइएका छन्।

    प्रदर्शनका दौरान ढुंगामुढा प्रहार गर्दा नगर प्रहरी हवलदार रामनारायण साह घाइते भएका छन्, जसको वीरगञ्जमा उपचार भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार, कार्यालय र सवारीसाधनमा १० लाखभन्दा बढीको क्षति भएको मेयर जयसवालले जानकारी दिएका छन्।

    विद्यार्थीहरूले नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशङ्कर झालाई मावि झाँझपुलमा सरुवा गर्ने निर्णय खारेज गर्न माग गरेका थिए। शिक्षकको सरुवा रोक्न दबाब दिन विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै स्थिति उग्र भएको बताइएको छ।

    गरुडा नगरपालिकाका मेयर जयसवालले प्रधानाध्यापक प्रभु राउत पटेल र शिक्षक शिवशङ्कर झालाई विद्यार्थीलाई उक्साएर तोडफोड गर्न प्रेरित गरेको आरोप लगाएका छन्, भने दुवैले यस आरोपलाई खारेज गरेका छन्।

    रौतहटका अन्य नगरपालिकामा पनि शिक्षक सरुवा विवाद उत्पन्न भएको छ, जसले स्थानीय प्रशासनका लागि स्थिति नियन्त्रणमा लिन चुनौती थपेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑