वीरगंज । नेकपा एमाले क्षेत्र नं. १ पर्सा (प्रदेशसभा ‘क’) को बैठक पुष १४ गते (आईतवार) पर्सा जिल्लाको क्षेत्र नं. ३ श्रीपुर पञ्चग्वामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रमको तयारीबारे छलफल गर्न सम्पन्न भएको छ।
बैठकमा प्रमुख आतिथ्यतामा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहभागिता हुने कार्यक्रमलाई भव्य र सफल बनाउनाका लागि विभिन्न निर्णयहरू गरिएका छन्। बैठकमा कार्यकर्ता र जनसहभागिता अधिकतम सुनिश्चित गर्नसमेत निर्णय गरिएको छ।
यस बैठकमा क्षेत्रीय संयोजक बाबुराम खनालको नेतृत्वमा प्रदेश कमिटी सदस्य बासुदेव यादव, महानगर कमिटी अध्यक्ष राजेन्द्र यादव, पूर्व जिल्ला कमिटी सदस्य बिनु देवी सिलवाल, राष्ट्रिय युवा संघ नेपाल महानगर सचिव मुकेश यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
वडा कमिटी अध्यक्ष लालबाबु यादव, सुरेन्द्र साह कानु, नन्द किशोर यादव, गणेश बास्कोटा, संयोजक जगमोहन कुमार पटेल, प्रतिनिधि कंचन प्रसाद साह, अमानत अंसारी, पूर्व वडा अध्यक्ष अजय मेहता र जितेन्द्र यादव लगायतका प्रतिनिधिहरूको पनि सहभागिता रहेको बैठकले कार्यक्रमको तयारीलाई भव्य बनाउन जिम्मेवारी तोकेको छ।
बैठकले आगामी कार्यक्रमलाई सफल बनाउन आवश्यक सबै तयारी पूरा गर्ने सुनिश्चितता प्रदान गरेको छ।
बैठकले पार्टी प्रवेश कार्यक्रमको लागि स्थल तयारी, सुरक्षा व्यवस्था, कार्यकर्ता र जनताको सहभागीता सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने कुरा उठाएको छ। सबै पार्टीका कार्यकर्ताहरूलाई उत्साहित गरेर कार्यक्रमलाई ऐतिहासिक बनाउने प्रयास गरिने छ।
सम्भावित कार्यक्रम स्थल श्रीपुर पञ्चग्वामा ठूलो संख्यामा उपस्थित हुने कार्यकर्ताहरू र समर्थकहरूको व्यवस्थापन गर्ने योजना बनाइएको छ। कार्यक्रममा नेता तथा कार्यकर्ताहरूसँगको संवाद र अन्य तयारीहरूलाई प्राथमिकतामा राखेर छलफल भएको थियो।
कार्यक्रमको दौरान सबै प्रमुख स्थानमा झण्डा, स्वागत द्वार र अन्य प्रचार सामग्रीको व्यवस्था गर्नुपर्ने र सहभागीहरूको लागि सहज आवागमनको व्यवस्था गर्न विशेष ध्यान दिइने निर्णय गरिएको छ।
प्रधानमन्त्री ओलीको पर्सा भ्रमण र पार्टी प्रवेश कार्यक्रमलाई स्थानीय स्तरमा प्रभावशाली बनाउनका लागि पार्टीका नेता र कार्यकर्ताहरूको सक्रियता महत्वपूर्ण रहेको बैठकले प्रतिवेदन प्रस्तुत गरेको छ।