वीरगंज । जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ ।
बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लामा पनि महसुस भएको छ । पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जाने क्रम बढेको छ ।
२०८० साल कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प जाँदा एक सय ६० जनाको ज्यान गएको थियो । गएको शनिवार बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको थियो ।