आज:
  • होमपेज / Breaking News

    राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नाराका साथ चौथो गोल्ड कप सखुवा प्रसौनीमा उद्घाटन

  • वीरगंज संजाल
  • ८ पुष २०८१, सोमबार ११:००
  • ७७३

    वीरगञ्ज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित फुटबल मैदानमा चौथो गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ। श्री बनशक्ति युवा क्लब सिद्धपुरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी नेकपा (माओवादी केन्द्र) पर्साका नेता तथा पर्सा क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य प्रत्याशी शिवकुमार साह तेलीले गरेका हुन्।

    उद्घाटन समारोहमा प्रमुख अतिथि साहले खेलकुद मनोरञ्जन र अनुशासनका लागि मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताए। उनले भने, “खेलले हाम्रो जीवनशैलीलाई अगाडि बढाउनुका साथै हामीलाई स्वस्थ राख्न मदत गर्दछ। खेलकुदको प्रवर्द्धनका लागि स्थानीय तह र गाउँपालिकाले युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।”

    उद्घाटनपछि भएको पहिलो खेलमा निचुटा, पर्सा र बकुलिया, बारा बीच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाफमा बकुलिया बाराले अग्रता लिए पनि निचुटा, पर्साले बराबरी गोल गर्न सफल भयो। दोस्रो हाफको पन्ध्रौं मिनेटमा बकुलिया बाराले थप एक गोल गर्दै २-१ को जीत हात पारेको छ। खेलमा बकुलिया बाराका जर्सी नम्बर ७ का अजय चौधरी उत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद, शिल्ड र मेडलसहित प्रमुख अतिथि शिवकुमार साह तेलीले सम्मानित गरे।

    प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाएका छन्। खेल एक हप्तासम्म सञ्चालन हुनेछ। समापन समारोह आउँदो पुस १४ गते हुनेछ। विजेता टोलीले शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद रु. १० हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५ हजार ५५५ पाउनेछ। आजको खेल देकुली, पर्सा र वीरगञ्ज, पर्साबीच हुने आयोजकले जानकारी दिएको छ।

    कार्यक्रम पूर्व गाविस अध्यक्ष लालदेव महतो उरावको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय, एकटंगाका प्रमुख प्रहरी नायब निरीक्षक योगानन्द साह, शसस्त्र प्रहरी बल, बागेश्वरी तित्रौनाका शसस्त्र प्रहरी निरीक्षक चामनारायण महतो, पूर्व वडा सदस्य रामाखा थारु, पारस महतो, शिवनाथ थारु, नेकपा (माओवादी केन्द्र)का प्रदीप चौधरी, हटन चौधरी, बिगा महतो, सिकेन्द्र सहनी र बमबहादुर पण्डितलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य सिद्धपुर विद्यालयका प्रधानाध्यापक प्रदीप कुमार चौधरीले व्यक्त गरेका थिए भने सहजीकरण नरेश प्रसाद उरावले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑