वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने भएको छ ।
सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
यस अघि शुक्रवार पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रवार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो । कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछाने प्रहरी हिरासतमै छन् ।