वीरगञ्ज । लायन्स क्लब द्वारा आँखा शिविर तथा स्वास्थ शिविर पर्सा जिल्लाको बिन्दवासिनि गाउँपालिका वडा नम्बर २ गर्दौल स्थित श्री भगवती नेपाल रास्ट्रिय बागडमैना यादव बिधालय गर्दौलमा सम्पन्न भएको थियोे।
लायन्स क्लब वीरगञ्ज, वीरगञ्ज सेंट्रल, वीरगञ्ज क्यूरेटिव को सयुंक्त आयोजनामा सम्पन्न भएको थियो। सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ भूत पुर्व डिस्ट्रिक्ट गवर्नर सीनियर पैथोलॉजीस्ट डा.आर पी खेतान, बीरगंज का अध्यक्ष सुनील गुप्ता, सेन्ट्रल की अध्यक्ष रेखा वैद, क्यूरेटिव का अध्यक्ष डा. बिरेन्द्र प्रधान सहितकाहरुको गरिमामय उपस्थिति रहेको थियो।
चिकित्सक वर्ग डा. राधा भट्टराई, डा. अभिषेक अर्याल,डा. कीर्ति अग्रवाल, डा. संजय अग्रवाल, डा. सुमन प्रसाद, डा. राजदेव कुशवाहा सहित उपस्तिथ डाक्टरहरु द्वारा ५ सय १७ जनाको परिक्षणमा ३१० जनाहरु आँखाको रोगी मध्ये ९२ जनाको निःशुल्क लेंस सहित शैल्यक्रीया माट्रिका आई फाउन्डेसन वीरगञ्जमा हुने छ।
शिविर मा परिक्षण रोगी हरु को सम्बंधित चिकित्सक को निजी क्लिनिक मा ५०%को छूटमा परामर्श सेवा प्रदान गरिने छ सोहि कार्यक्रम मा सुनीता अग्रवाल द्वारा अठाइस महिला लाई मेहंदी लगाईएको थियो र इच्छुक महिलालाई १५ दिने निःशुल्क मेहंदी प्रशिक्षण प्रदान गरिने बताएका थिए।
सो कार्यक्रममा श्री राम जानकी युवा क्ल्ब परिवारले सहयोग गरेका थिए भने लायन्स कल्बका आजिवन सदस्य राधेश्याम खेतानले जानकारी गराएका थिए ।