बलिउड अभिनेत्री ऐश्वर्या रायले बच्चन थर हटाएकी छन्।
उनी हालै दुबईमा भएको कार्यक्रममा सहभागी भएकी थिइन्। जसमा उनको नाममा बच्चन थर जोडिएको छैन। उक्त भिडिओ सार्वजनिक भएपछि ऐश्वर्या र अभिषेकले सम्बन्ध विच्छेद गर्न लागेको अनुमान गरिएको छ।
भिडिओ सार्वजनिक भएपछि उनीहरूका फ्यानले थुप्रै कमेन्ट गरिरहेका छन्। एक फ्यानले लेखेका छन्, ‘आफ्नो नाममा कसैको थर जोड्न आवश्यक छैन। उनी मात्र ऐश्वर्या राय हुन्।’
अर्काले लेखेका छन्, ‘बच्चन बिना उनको आफ्नो पहिचान छ।’
ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा बच्चन थर राखेकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दुबईको कार्यक्रम प्रोफेशनल भएको कारण ऐश्वर्याले आफ्नो पहिलो थरको प्रयोग गरेकी हुन्।
ऐश्वर्या दुबईमा ग्लोबल वुमन फोरम कार्यक्रममा सहभागी हुन पुगेकी थिइन्। उनले महिला सशक्तिकरण जस्ता मुद्दामा कुराकानी गरेकी थिइन्।