पिटिएस’ । यो त्यो चन्द्रमाको नाम हो, जुन दुई महिनाका लागि पृथ्वीको पाहुनाको रुपमा रह्यो । तर, अन्ततः यो अस्थायी चन्द्रमा पृथ्वीलाई छाडेर अन्तरिक्षको अनन्त यात्रामा निस्किएको छ ।
यो आकाशीय पिण्ड वास्तवमा आफ्नै घरतिर जाँदैछ, जुन एउटा एस्टेरोइड बेल्ट हो । उक्त बेल्टको नाम अर्जन स्टेरोइड हो । यो पृथ्वी र सूर्यको बीचमा रहेको छ र सूर्यबाट १५ करोड किलोमिटार टाढा रहेको छ । पृथ्वी र सूर्य बीचको दूरी पनि करीब त्यत्ति नै हो ।
स्पेनको म्याड्रिड विश्वविद्यालयका प्राध्यापक कार्लोस डेला फ्युएन्टे मार्कोका अनुसार अर्जुन एस्टेरोइड बेल्टको दिशा फरक छ । यो क्षेत्रमा रहेका चट्टानहरू आमरुपमा पृथ्वी निकट वस्तुहरू हुन् । तीमध्ये केही पत्थर पृथ्वीको निकै नजिकसम्म आउने गर्दछन्, करिब ४५ लाख किलोमिटर सम्म । जसका गति ३५४० किलोमिटर प्रतिघण्टासम्म हुनसक्छ ।
अहिले क्षुद्रग्रह पेटीतर्फ गएको यो पिण्ड अर्को वर्ष जनवरीमा पुनः पृथ्वीको नजिक आउनेछ । त्यसबेला पृथ्वीबाट यसको दूरी जम्मा १७.८ किलोमिटर हुनेछ । क्यालिफोर्नियाको मोजाबे मरुभूमिमा अवस्थित गोल्डस्टोन सोलार सिस्टम राडार एन्टिनाले यो क्षुद्रग्रहको निगरानी गरिरहेको छ । यसका अलावा नासाको डीप स्पेस नेटवर्कले पनि निरन्तर रुपमा यसको अध्ययन गरिरहेको छ ।
के हुन् सूक्ष्म चन्द्रमा ?
सूक्ष्म चन्द्रमा अर्थात् मिनी मून दुई कारणले पृथ्वीको नजिक आउँछन् । पहिलो कारण कुनै वस्तु पृथ्वीको नजिक आउँदा यसको गुरुत्वाकर्षणमा फस्दछन् र एक दुईवर्ष सम्म बाहिर निस्किन सक्दैनन् अनि पृथ्वीको परिक्रमा गर्न थाल्दछन् । अर्कोतर्फ छोटो समयका लागि कुनै चट्टान पृथ्वीको नजिक आउँछ र पृथ्वीको आधा वा पूरै परिक्रमा गरेर बाहिरिन्छ । यो केही दिन वा केही हप्ताका लागि मात्रै पृथ्वीको नजिक हुन्छ ।
अहिलेसम्म केवल दुईपटक मात्रै लामो समयका लागि दुईवटा चट्टान पृथ्वीको सूक्ष्म चन्द्रमा बनेका छन् । पहिलो सन् २००६ को RH120 र अर्को सन् २०२० को CD3. त्यसबाहेक अन्य तीनवटा पिण्डचाहिं छोटो समयका लागि पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रमा फसेका थिए । यसअघि 1991 VG, 2022NX1 । अहिले 2024PTS । विश्वभरका वैज्ञानिकहरु अब यो फुच्चे चन्द्रमा पुनः आउने दिनको पर्खाइमा छन् र त्यसको मार्ग तथा व्यवहारको अध्ययनमा लागेका छन् ।
यो फुच्चे चन्द्रमालाई साधारण टेलिस्कोप वा दूरबिनबाट देख्न सकिंदैन । यसलाई हेर्नका लागि कम्तिमा पनि ३० इन्च ब्यास भएको सीसीडी वा सिएमओएस डिटेक्टर टेलिस्कोप चाहिन्छ । यो फुच्चे चन्द्रमाको बारेमा हालै द रिसर्च नोट्स अफ द एएएस जर्नलमा रिपोर्ट प्रकाशित भएको छ ।