• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सक सङ्घद्वारा पर्साका सिडिओको अभिव्यक्तिप्रति आपत्ति

  • वीरगंज संजाल
  • ४ मंसिर २०८१, मंगलवार ११:४३
  • ६६१

    वीरगञ्ज। नेपाल चिकित्सक सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनलाई जिम्मेवारीबाट हटाउन र कारबाही गर्न माग गरेको छ।

    सङ्घले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सिडिओ अर्यालको अभिव्यक्तिले कानुन पालन गर्ने पदाधिकारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित पत्रमा उक्त टिप्पणी अनुचित, उत्तेजना फैलाउने र स्वास्थ्यकर्मीमाथि आक्रमणलाई प्रोत्साहन गर्न सक्ने आरोप लगाइएको छ।

    कार्तिक ३० गते वीरगञ्जमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले बुटवलको आम्दा अस्पतालमा भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै, बिरामीको पक्षमा भएको भए अस्पतालमा आगो लगाउनुपर्ने टिप्पणी गरेको एक भिडियो सार्वजनिक भएपछि विवाद चुलिएको हो।

    सङ्घले सिडिओको भनाइ राष्ट्रसेवकको भूमिकासँग मेल नखाने र स्वास्थ्यकर्मीको मनोबल गिराउने उल्लेख गरेको छ। मधेश प्रदेश संयोजक डा. नीरज कुमार सिंहले यस्तो प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

    सङ्घले स्वास्थ्य संस्थामाथिको आक्रमण रोक्न र स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ। यदि सिडिओलाई जिम्मेवारीमुक्त नगरे कारबाहीका लागि थप कडा कदम चालिने सङ्घले चेतावनी दिएको छ।

    सिडिओ अर्यालले भने आफ्नो भनाइलाई तोडमोड गरी गलत अर्थमा प्रस्तुत गरिएको दाबी गर्दै चिकित्सकप्रति पूर्ण सम्मान रहेको र स्वास्थ्यकर्मीको पक्षमा रहेको बताएका छन्। यद्यपि, सङ्घले गम्भीर कदम चाल्न सरकारलाई दबाब दिइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑