वीरगंज । नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा अग्रणी घोराही सिमेन्ट इन्डस्ट्रीले नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ नेपाली बजारमा ल्याएको छ। यो सिमेन्ट विशेषगरी व्यक्तिगत घर निर्माणकर्ताहरूलाई लक्षित गरी निर्माण गरिएको हो।
घोराही सिमेन्ट इन्डस्ट्रीका अनुसार, यो सिमेन्ट प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने विशेषताले युक्त छ। घरका बिम, स्ल्याब, जग र पिल्लर निर्माणका लागि यो उत्कृष्ट मानिन्छ। कम्पनीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ निर्माणमा उच्च प्रविधि र गहिरो अनुसन्धानको प्रयोग गरेको बताएको छ।
यस उत्पादनले ओपीसी सिमेन्टको गुणस्तरलाई प्रतिस्थापन गर्दै १० प्रतिशत कम मूल्यमा उपलब्ध गराउने दाबी गरिएको छ। यो विशेषताले व्यक्तिगत घर निर्माणकर्ताहरूलाई गुणस्तरीय संरचना निर्माण गर्दै आर्थिक बचत गर्ने अवसर प्रदान गर्नेछ।
कम्पनीले आफ्ना ग्राहकका लागि सहज वितरण सुनिश्चित गर्दै देशव्यापी आपूर्तिलाई प्राथमिकतामा राखेको छ। नयाँ उत्पादनसँगै, घोराही सिमेन्टले नेपाली निर्माण क्षेत्रमा दिगो र नवप्रवर्तनशील अभ्यासहरूलाई प्रोत्साहन दिने लक्ष्यलाई निरन्तरता दिएको छ।
घोराही सिमेन्ट इन्डस्ट्रीको पहिचान र योगदान
सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा अवस्थित छ। यो उद्योग सगरमाथा सिमेन्टका ओपीसी ५३ ग्रेड, ४३ ग्रेड, पीपीसी र सगरमाथा क्लिन्कर उत्पादन तथा वितरण गर्दै आएको छ। डेढ दशकको यात्रामा यसले नेपाली निर्माण बजारमा प्रतिष्ठित स्थान बनाएको छ।
नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने विश्वास गरिएको छ। घोराही सिमेन्टले व्यक्तिगत घर निर्माणकर्ताहरूलाई गुणस्तरीय, भरपर्दो र लागत-प्रभावकारी समाधान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।