वीरगञ्ज । मङ्सिर महिनाको पहिलो कारोबार दिन सुन–चाँदीको भाउ सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रवार अर्थात् कात्तिक ३० गते छापावाल सुनको भाउ १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला १९ सय १० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६२.८६ र चाँदी प्रतिऔंस ३०.२५ डलरमा कारोबार भइरहेको छ ।