वीरगंज । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
आजबाट मूल्य समायोजनसँगै डिजेलमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायलको डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा दुई रुपैयाँ ५४ पैसा भारुले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।