• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कमला नदीमा ‘भूत मेला’ : सिरहा र धनुषामा सार्वजनिक विदा

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८१, शुक्रबार १३:०१
  • ९३७

    सिरहा। कार्तिक पूर्णिमाको अवसरमा परापूर्वकालदेखि धार्मिक महत्त्व राख्ने कमला नदीमा शुक्रवार बिहानदेखि भक्तजनहरूको ठूलो भीड लाग्न थाल्यो। सिरहा र धनुषा जिल्लाको सीमाना हुँदै बग्ने यस नदीमा देशका विभिन्न स्थान र भारतका सीमावर्ती क्षेत्रबाट पनि श्रद्धालुहरू आइपुगेका छन्।

    धार्मिक परम्पराअनुसार, कार्तिक पूर्णिमामा कमला नदीमा स्नान र पूजापाठ गर्ने विशेष महत्व छ। यस अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरूले गुरुबाट दीक्षा लिई नदीमा स्नान गर्दै कमलेश्वरी माताको पूजा गर्दै भूत खेल्ने परम्परा पनि रहेको छ। यस मेलामा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर जिल्लासहित भारतका मधुबनी, दरभंगा र समस्तीपुरका भक्तजनहरू पनि सहभागी छन्।

    धार्मिक अवसरका बीच, कमला नदीमा स्नान र पूजा गर्ने परम्परालाई ध्यानमा राख्दै धनुषाका सबैला नगरपालिकाले शुक्रवार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका मेयर कारीराम यादवले हिन्दू धर्मावलम्बीहरूको कार्तिक पूर्णिमा दिनको महत्त्वलाई मान्यता दिँदै विदा घोषणा गरेका हुन्।

    त्यसैगरी, कमला नगरपालिकाले पनि बिहीबार र शुक्रवार दुबै दिन सार्वजनिक विदा दिएको जानकारी दिइएको छ। मेयर विश्वेश्वर यादवका अनुसार, यस विदाको अवधिमा नगरका सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थान र नगर कार्यपालिकाका कार्यालयहरू बन्द रहनेछन्।

    यस मेला कार्यक्रममा प्रतिवर्षजसो भक्तजनहरूको संख्या बढ्दै गएको छ, र यस वर्ष भने विशेष रूपले भिड बढेको देखिन्छ। श्रद्धालु भक्तजनहरू कमलेश्वरी मातासँग आशीर्वाद प्राप्त गर्नका लागि स्नान र पूजाअर्चना गर्दै परम्परालाई निरन्तरता दिइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑