अमेरिकी राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पले म्याट गेट्जलाई महान्यायाधीवक्ता मनोनीत गरेका छन्।
फ्लोरिडा कंग्रेसका सदस्य रहेका गेजलाई ट्रम्पले बुधबार महान्यायाधीवक्ता मनोनीत गरेका हुन्। महान्यायाधीवक्ता मनोनीत भएसँगै उनले हाउस अफ रिप्रिजेन्टेटिभबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ।
सभामुख माइक जोनसनले पनि गेट्जको राजीनामा पत्र प्राप्त भएको बिबिसीसँग बताएका छन्।
त्यसपछि आफूले फ्लोरिडाका गभर्नरलाई जानकारी गराएको उनले बताएका छन्। आगामी जनवरीमा रिक्त रहेको सिटमा पदपूर्ति हुने विश्वास पनि व्यक्त गरेका छन्।
अमेरिकामा पनि महान्यायाधीवक्ता बन्नका लागि सांसदबाट राजीनामा दिनुपर्छ।
यद्यपि उनीमाथि वित्तीय अनियमितता र यौन दूराचारको आरोप लागेको थियो। त्यसबारेमा संसदको समितिले उनीमाथि छानबिन नै भएको थियो।
विवादित व्यक्तिलाई महान्यायाधीवक्ता नियुक्त लागिएको बारेमा विरोधका आवाजहरू सुनिन थालिएको बिबिसीले उल्लेख गरेको छ।
यद्यपि नियुक्त नै हुनका लागि भने सिनेटले पारित गर्नुपर्छ जहाँ रिपब्लिकन पार्टीकै बहुमत छ।